काठमाडौँ-वानेश्वर क्षेत्रमा सञ्चालित होस्टल (छात्रावास) लाई मर्यादित र व्यवस्थित बनाउन सचेतनात्मक अभियान शुरु गरिएको छ । महानगरीय प्रहरी वृत बानेश्वरको अगुवाइ तथा स्थानीय जनप्रतिनिधि, होस्टल एशोसिएशनका प्रतिनिधि, सामुदायिक सेवा केन्द्र र टोल सुधार समितिको संयुक्त टोलीले सो अनुगमन गरिएको हो ।
बानेश्वर तथा आसपास क्षेत्रमा सञ्चालित होस्टलमा विकृति देखिएको, अमर्यादित गतिविधि, होहल्ला, झैझगडा, दुव्र्यसनी सेवन आदिको जनगुनासो र उजुरीका आधारमा होस्टलको विकृति नियन्त्रण गर्न अभियान चलाएको बानेश्वर प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्दराज काफ्लेले जानकारी दिए ।
‘बानेश्वरको टोल–टोलमा प्रहरी अभियान’ अन्तर्गत होस्टलको संयुक्त अनुगमन गरिएको र त्यहाँ विकृतिजन्य क्रियाकलाप पाइएको उनले गरे । विभिन्न ३९ वटा कार्यक्रम लक्षित गरी तीन महिने अभियान गत साउन १ गतेदेखि शुरु भएको थियो । हालसम्म १० वटा कार्यक्रम सम्पन्न भएको वृत्तले जनाएको छ ।
अनुगमनअन्तर्गत आज बानेश्वरका केही होस्टलका श्ययामा गाँजा, तास, परिवार नियोजनका अस्थायी साधनलगायत विकृतिजन्य सामग्री फेला परेको प्रहरीले जनाएको छ । धेरै होस्टल दर्ता नगरी सञ्चालनमा रहेको र कतिपय होस्टलले दर्ता भए पनि नवीकरण नगरेको पाइएकाले तीनलाई ताकेता गर्न सम्बन्धित वडा कार्यालयले जिम्मेवारी लिनेछन् ।
अनुगमनमा अमर्यादित गतिविधिमा संलग्न व्यक्ति र सञ्चालकलाई एक पटकका लागि सचेत गराएर छाडिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । होस्टललगायत अन्य क्षेत्रमा भएको विकृति हटाई मर्यादित समाज निर्माणको अभियानलाई निरन्तरता दिइने उनको भनाई छ ।
होस्टल एशोसिएशनको तथ्याङ्कअनुसार बानेश्वर क्षेत्रमा ३०० वटा होस्टल सञ्चालनमा छन् । विगतमा पनि ती क्षेत्रमा सञ्चालित होस्टलमा झैँझगडालगायत अमर्यादित गतिविधि भएको आधारमा प्रहरीले छापा मारेको थियो । “यति सानो क्षेत्र (बानेश्वर) आसपासमा किन चाहियो यति धेरै सङ्ख्याका होस्टल अन्य कुनै अमर्यादित गतिविधि पो हुने गरेको छकी भन्ने आशङ्का जन्माएको छ, यसको अनुसन्धानलाई प्रभावकारी बनाउँछौँ,”– प्रहरी नायब उपरीक्षक काफ्लेले भने ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने