काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको राजनीतिक परिवर्तनमा नेपाल महिला सङ्घको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
नेपाल महिला सङ्घ काठमाडौँले शुक्रबार आयोजना गरेको सङ्घको ७१ औँ स्थापना दिवस तथा तिज शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “राणा शासन, प्रजातन्त्र स्थापना, गणतन्त्र स्थापनालगायतका आन्दोलनमा सङ्घले महत्वपूर्ण भूमिका खेलेको छ ।”
नेता सिंहले महिला सङ्घले स्थापना कालदेखि उठाउँदै आएका मुद्दालाई समयानुकूल परिमार्जन गर्दै महिलाको समग्र व्यक्तित्व विकास र उत्थानका लागि सङ्गठन विस्तार गर्दै लैजानुपर्ने धारणा व्यक्त गरे ।
कांग्रेस केन्द्रीय सदस्य कमला पन्तले महिला हकअधिकारका लागि सङ्घले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै नेपालको राजनीतिक परिवर्तनमा महिलाको ठूलो योगदान रहे पनि संसद र पार्टीभित्र पनि महिलाले अहिलेसम्म उचित स्थान पाउन नसकेको गुनासो गरिन् ।
कांग्रेस केन्द्रीय सदस्य डा डिला संग्रौलाले महिला सशक्तीकरण, जागरण र सामाजिक रुपान्तरणमा सङ्घको ठूलो योगदान रहेको बताइन् ।
कांग्रेस काठमाडौँका सभापति सबुज बानियाले महिला शक्ति बलियो नभएसम्म पार्टी र मुलुक बलियो नहुने बताउँदै गाउँगाउँसम्म महिला जागरण लैजान जरुरी रहेको धारणा व्यक्त गरे ।
नेपाल महिला सङ्घ काठमाडौँ अध्यक्ष विष्णुदेवी पुडासैनी, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीलगायतले कांग्रेसमा ५० प्रतिशत महिला सहभागिता बनाउनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसको भ्रातृ संस्थाका रुपमा रहेको महिला सङ्घको स्थापना विसं २००४ मा मंगलादेवी सिंहको नेतृत्वमा भएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता