काठमाडौँ, २५ साउन – वेस्ट इन्डिजमा त्यहाँको घरेलु लिग क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेलिरहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पहिले खेलमै दुई विकेट लिएका छन् ।
स्थानीय सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स क्लबबाट खेलिरहेका उनले आफ्नो पहिलो खेल गुयाना वारियर्सविरुद्ध दुई विकेट लिएका हुन् ।
आज बिहान भएको खेलको दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले भेट्रान ओपनर चाडविक वाल्टनको विकेट लिएका थिए । उनले ज्यासन मोहम्मदको पनि विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र १२ रन दिएर २ विकेट लिएका थिए ।
उनको क्लब उक्त खेलमा पराजित भयो । टस हारेर ब्याटिङको निम्तो पाएको प्याट्रियट्सले क्रिस गेलको ८६ रनको मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाएको थियो ।
१४७ रनको विजय लक्ष्य पच्छ्याउँदै जवाफी मैदानमा उत्रिएको गुयना अमाजोन वारियर्सले १६ दशमलव ३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरयो । उनी पाँच हजार अमेरिकी डलरमा उक्त क्लबमा आबद्ध भएका हुन् ।
यसअघि इण्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली डेयरडेभिल्सबाट खेलेका उनले पहिलो खेलमै विकेट लिन सफल भएका थिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]