काठमाडौँ-नयाँ संविधान (नेपालको संविधान २०७२) को मूलतत्व र यसको कार्यान्वयन सम्बन्धमा छलफल तथा विश्लेषण गर्ने उद्देश्यले काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ ।
काठमाडौँ विश्व विद्यालय, स्कुल अफ ल र दक्षिण एशिया गुठीले संयुक्त रुपमा यही साउन २६ देखि २८ सम्म सम्मेलन गर्न लागेको सम्मेलन आयोजकले बिहीबार विज्ञप्तिमार्फत जनाएको हो ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संविधानविद्, अधिवक्ता, राजनीतिज्ञ, समाजशास्त्री तथा वर्तमान सांसद एवं प्रथम र द्वितीय संविधानसभाका सभासदहरूको सहभागिता हुनेछ । सात प्रदेशबाट यस विषयका जानकार, विज्ञ तथा राजनीतिज्ञको पनि सहभागिता हुने सचिवालयका यज्ञ थापाले जानकारी दिए ।
सोल्टि होटलमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुनेछ भने समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको उपनेता एवं पूर्व सभामुख सुभाष नेम्वाङ, बङ्गला देशका संविधान निर्माणकर्ता वरिष्ठ संविधानविद् कमाल हुसैनलगायतले वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।
आमन्त्रित सहभागीमध्ये करीब ३० अन्तर्राष्ट्रिय र ६० राष्ट्रिय न्यायशास्त्रका ज्ञाता तथा विद्वान र संविधानविद्हरूको उपस्थिति रहनेछ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजू श्रेष्ठले सम्मेलनबाट नयाँ संविधानको मूलभाव बुझ्न र यसको कार्यान्वयन र सूचित अभ्यासलाई मद्दत मिल्ने बताए ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा