काठमाडौँ-विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गणेश लामालाई दोषी ठहर गरी एक वर्ष कैद र रु एक करोड बिगो बराबरको सम्पति जफत गर्ने फैसला सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले बिहीबार लामालाई कैद र रु एक करोड ४० लाख ५० हजार सम्पति बराबरको बिगो जफत् गर्ने फैसला सुनाएको विशेष अदालतका रजिष्टार भीमकुमार श्रेष्ठले जानकारी दिए ।
नेपाली कांग्रेसबाट काभ्रे प्रदेशसभा क्षेत्र नम्बर १ को ‘ख’का उम्मेदवार लामाले आपराधिक गतिविधिबाट रु २७ करोड एक लाख सम्पति जोडेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेर २०७० साल जेठ ५ गते लामासहित पाँच जना विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई उपलब्ध गराएको थियो । विभागले सोहीअनुसार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । लामा बाहेक पाल्साङ लामा, रञ्जु लामा, विनोद लामा, राकेश लामा र लक्ष्मी लामालाई अदालतले सफाइ दिएको छ ।
लामाको नाममा काठमाडौँ, भक्तपुर र ललितपुरमा २०५ रोपनी जग्गासहित रु २७ करोड एक लाख नगद अवैध रहेको उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो । लामा हाल हातहतियार मुद्दामा डिल्लीबजार कारागारमा छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा