धनुषा-जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो ।
भारतीय पक्षले नेपाल भू–खण्डको जयनगर रेलवे स्टेशनबाट खजुरीसम्म साढे आठ किलोमिटर लामो इन्जिन र बोगीसहित परीक्षण गरेको नेपाल रेल्वेका अभियन्ता विनोद ओझाले बताए ।
जयनगरबाट खजुरीसम्म इन्जिनसहित ५३ वटा बोगी गिट्टी (ब्लास्ट) बोकेर खजुरी स्टेशनसम्म पुगेको थियो । उक्त रेलले आवश्यक स्थानमा ब्लास्ट ओछ्याउने काम गर्नुका साथै सहज रूपमा आवतजावत गरेको छ । सफल परीक्षणपछि रेल सञ्चालनमा अब द्विविधा नहुने उनले बताए ।
रेल हेर्न त्यस क्षेत्रका स्थानीयवासीको ठूलो संख्यामा भीड लागेको थियो । दुई मुलुक जोड्ने दक्षिण एसियाकै पहिलो रेल्वेको स्टेशनमा हेर्ने आउनेको भीड जम्मा भएको थियो । भारत सरकारको रु सात अर्बको सहयोगमा जनकपुर हुँदै जयनगर–कुर्था ब्रोडगेज रेलसेवा निर्माण अन्तिम चरणमा पुगेको छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित