काठमाडौँ, २३ साउन – नयाँ प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक आगामी साता मात्रै बस्ने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि विदेश जान लाग्नुभएकाले परिषद् बैठकको मिति पर सरेको हो । बैठक आजका लागि तय भएको थियो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले परिषद् बैठक अर्को साता मात्रै बस्ने जानकारी दिनुभयो ।
राष्ट्रियसभाको बैठकपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा संवाददातासँग कुराकानी गर्दै मन्त्री ढकालले भन्नुभयो, “प्रतिपक्ष दलका नेता उपचारका लागि सात दिनका लागि बाहिर जाने कुरा प्रधानमन्त्रीलाई जानकारी गराएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भएको हो ।”
नेपाली काङ्ग्रेसका सभापति देउवा स्वदेश फर्केपछि मात्रै अब परिषद् बैठक बस्नेछ । मन्त्री ढकालले भन्नुभयो, “केही संवैधानिक निकायका प्रमुख नभए पनि कायममुकायमले काम गरिरहनुभएको छ । संवैधानिक परिषद्को अध्यक्षको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्र पठाइसक्नुभएको छ, प्रतिपक्ष दलको नेता स्वास्थ्योपचारका लागि विदेश जाने हुनाले सात दिन प्रतीक्षा गर्नुपर्नेभएको छ ।”
मन्त्री ढकालले मौलिक हकसँग सम्बन्धित विषयका विधेयक संसद्मा आउने क्रम आरम्भ भइसकेको जानकारी दिँदै भन्नुभयो, “चार विधेयक दर्ता भइसकेका छन्, क्रमशः दिनानुदिन प्रक्रियामा लगेर आगामी असोज ३ गतेसम्ममा मौलिक हकसँग सम्बन्धित कानून निर्माण भइसक्छ ।”
उहाँले तोकिएको समयभित्रै मौलिक हकसम्बन्धी कानून बन्छन् कि बन्दैनन् भन्ने आशंका नगर्न आग्रह गर्नुभयो । “हामी युद्धस्तरमा नै मौलिक हकसम्बन्धी कानून निर्माणमा जुटेका छौँ, तोकिएको अवधिभित्रै सम्पन्न गर्छौं । त्यसमा सबैको साथ र सहकार्य जरुरी हुन्छ ।”

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार