
चीनमा उपचार गरेर स्वदेश फर्किए नेता खनाल
काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल चीनबाट उपचार गरी सोमबार स्वदेश फर्केका छन् ।
चीनको सिचुवानस्थित ‘इन्टरनेशनल हस्पिटल अफ प्रोभिन्स’मा उपचार गराई स्वास्थ्यलाभ गरी उनी सोमबार स्वदेश फर्किएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
उनको यही साउन १० गते मिर्गौलाको पत्थरी र प्यारा थाइराडडको शल्यक्रिया भएको थियो ।
शल्यक्रियापछि चिकित्सकको सल्लाहमा उनी आराम गरी आज स्वदेश फर्केका हुन । पाँच वर्षदेखि मिर्गौलामा पत्थरी र तीन वर्षदेखि थाइराइडबाट खनाल पीडित छन् ।
नेपालका विभिन्न ठाउँमा उपचार गराएपछि चिकित्सकको सल्लाहमा उपचार गर्न श्रीमती रविलक्ष्मीसंग उनी यही साउन ६ गते चीन गएका थिए ।
उनी केही महीनापछि पुनः स्वास्थ्य परीक्षणका लागि चीन जाने बताइएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- गोरखाहरुलाई अति माया गर्ने ब्रायन स्टालेको निधन
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- ‘गोरखा सैनिकहरुलाई बेलायतको भिसा–नागरिकतावापत लिइने शुल्क खारेज हुनुपर्छ’
फेसबुक