काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल चीनबाट उपचार गरी सोमबार स्वदेश फर्केका छन् ।
चीनको सिचुवानस्थित ‘इन्टरनेशनल हस्पिटल अफ प्रोभिन्स’मा उपचार गराई स्वास्थ्यलाभ गरी उनी सोमबार स्वदेश फर्किएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
उनको यही साउन १० गते मिर्गौलाको पत्थरी र प्यारा थाइराडडको शल्यक्रिया भएको थियो ।
शल्यक्रियापछि चिकित्सकको सल्लाहमा उनी आराम गरी आज स्वदेश फर्केका हुन । पाँच वर्षदेखि मिर्गौलामा पत्थरी र तीन वर्षदेखि थाइराइडबाट खनाल पीडित छन् ।
नेपालका विभिन्न ठाउँमा उपचार गराएपछि चिकित्सकको सल्लाहमा उपचार गर्न श्रीमती रविलक्ष्मीसंग उनी यही साउन ६ गते चीन गएका थिए ।
उनी केही महीनापछि पुनः स्वास्थ्य परीक्षणका लागि चीन जाने बताइएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता