काठमाडौँ-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले न्यायालयको स्वच्छता, निष्पक्षता र प्रभावकारितालाई निस्तेज तुल्याउने काम नगर्न सुझाव दिएको छ । नेपाली कांग्रेस संघीय संसदीय दलको शनिबार बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृतको विषय व्यक्तिको नभई न्यायालयमाथिको प्रहार भएको निष्कर्ष निकालेको जनाएको छ ।
प्रधानमन्त्री स्वयंबाट प्रस्तावित प्रधानन्यायाधीशको नाम विधिपूर्वक योग्यताका आधारमा संसदीय सुनुवाइका लागि पठाएकामा प्रधानमन्त्रीकै पार्टीको ह्विपले त्यो निर्णय उल्टाइएको आरोप लगाउँदै कांग्रेसले यसबाट न्यायालयको निष्पक्षता र स्वतन्त्रतालाई बढ्ता नै प्रभाव पार्ने काम भएको टिप्पणी गरेको हो ।
बैठकपछि संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिपक्षले राखेका तर्क र आधारलाई अस्वीकार गर्दै सुनुवाइ समितिबाट भएको निर्णय व्यक्तिको अस्वीकृत होइन, संस्थामाथि प्रहार भएको आरोप लगाए । उनले भने, “सुनुवाइ समितिको निर्णयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ, यसको हामी विरोध गर्दछौँ, यो मुद्दालाई हामी संसद्मा उठाउँछौँ, विज्ञ र दलभित्रको छलफलपछि जनताको साथ लिएर अघि बढ्छौँ ।”
संवैधानिक प्रावधानअनुसार न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीचमा समन्वय र शक्ति सन्तुलन हुन जरुरी रहेको बताउँदै उनले लोकतान्त्रिक शासन व्यवस्था र संविधानबमोजिम न्यायालय कार्यपालिकाको मातहत रहन नसक्ने बताए ।
प्रमुख प्रतिपक्षको मत र तर्कलाई बेवास्ता गरेर भएको निर्णयले लोकतन्त्र र शान्ति प्रक्रियालाई नै प्रभावित पार्नसक्ने पक्षलाई हेक्का राख्न सुझाव दिँदै कांग्रेसले यो विषयलाई गम्भीर गल्तीका रुपमा लिन सुझाएको छ ।
पार्टीका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको उक्त बैठकमा प्रमुख सचेतक खाँण, सचेतक पुष्पा भुसाल, सदस्य राधेश्यम अधिकारी, डा मीनेन्द्र रिजाल, गगनकुमार थापा, अमरेसकुमार सिंहलगायतले आआफ्नो धारणा राखेका थिए ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?