काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष समयमा बोलेको विषयमा थप जिज्ञासा र प्रश्नका लागि सभामुखले समय नदिएको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो ।
बैठकबाट बाहिरिएपछि काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संवाददाताहरूसँग कुरा गर्दै कुनै पनि विषयमा मन्त्रीले सदनमा बोलिसकेपछि सांसदले प्रश्न सोध्न पाउने संसद् नियमावलीमा व्यवस्था छ तर आफूहरुले समय माग्दा पनि सभामुखले समय नदिएको बताए ।
उनले भने, “मन्त्रीले बोलेका विषयमा प्रश्न सोध्न र थप जिज्ञासाका लागि हामी समयको माग गर्दै उभिरहयौं तर सभामुखले बेवास्ता गर्नुभयो र सदन चलाउनुभयो, पुनःहामीले नियमावलीको व्यवस्था इंगीत गरेर समय माग गरयौँ, त्यसपछि पनि समय नपाएपछि हामीले विरोधको सांकेतिकरुपमा सदन बहिष्कार गर्नुपरयो ।”
सत्तापक्षले संविधान कार्यान्वयनमा पनि चासो नलिएको आरोप लगाउँदै प्रमुख सचेतक खाँणले संविधान, ऐन कानून र संसदीय पद्धतिको पालना गर्नुपर्ने दायित्व सबैको भएको धारणा व्यक्त गरे ।
कांग्रेसकै नेता डा मीनेन्द्र रिजालले संसद्मा मन्त्रीका वक्तव्यको विषयवस्तुमाथि केन्द्रित रहेर प्रश्न सोध्न पाइने जानकारी दिँदै बिहीबार त्यो अधिकार कुण्ठित भएको र दलीय व्यवहार भएको आरोप लगाए । “सरकार यो बाटोमा जान्छ भन्ने हाम्रो आशंकामा उहाँहरुले आज थप प्रमाण पेश गर्नुभएको छ, हामी चाहन्छौँ सत्तापक्ष सुध्रियोस्, उहाँहरु सच्चिनुभएन भने हामीले गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ,” उनले भने ।
कांग्रेस नेता डा रिजालले सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्छ भन्ने संविधानमा स्पष्ट व्यवस्था भएको र आफूहरुले उक्त विषय पटकपटक उठाउँदा पनि सत्तापक्षले ठोस सुनुवाइ नगरेको बताए । उनले भने, “हामीले यो विषय संघ र प्रदेशमा पटकपटक उठायौँ, तर उहाँहरुले त्यसअनुसार कुनै व्यवहार गर्नुभएको छैन, सर्वोच्च अदालतको मुद्दाको प्रतिवादी भएर बस्ने भनेको अदालतमाथि दबाब राख्ने मनशाय हो ।”
सत्तापक्षले संविधानका प्रष्ट व्यवस्थामा पनि सुनेको नसुनेको झै गरेको उनको आरोप थियो । प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक बहिष्कार गरे पनि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठकलाई निरन्तरता दिएका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]