
युरोपका तीन देशको भ्रमणपछि स्वदेश फर्किनुभएका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारलाई भ्रमणका बारेमा जानकारी दिनुहुँदै । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, १६ साउन – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले युरोपका केही देशले नेपालको ऊर्जा र पूर्वाधार निर्माणमा लगानी गर्न इच्छुक रहेको बताउनुभएको छ ।
युरोपेली मुलुक पोर्चुगल, लक्जेमबर्ग र बेल्जियमको साताव्यापी भ्रमण पूरा गरी आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले युरोपेली मुलुकले नेपालको ऊर्जा, पूर्वाधार र कृषि क्षेत्रमा लगानीका लागि बढी इच्छुक रहेको आफूले पाएको जानकारी दिनुभयो ।
आगामी दिनमा युरोपबाट प्रत्यक्ष लगानी बढी नै भित्र्याउन सकिने विश्वास व्यक्त गर्दै परराष्ट्रमन्त्री ज्ञावलीले नेपालको विकास र व्यापारमा युरोप महत्वपूर्ण साझेदार भएकाले नेपालका उत्पादनलाई युरोप प्रवेशमा छुट दिन आग्रह गरेको जानकारी दिनुभयो ।
नयाँ सरकारको आर्थिक नीति, लगानी मैत्री वातावरण, आर्थिक नीति, समावेशी संविधानका बारेमा युरोपेली मुलुकले आफूसँग जिज्ञासा राखेको उहाँले बताउनुभयो ।
मन्त्री ज्ञावलीले भन्नुभयो, “नेपाल भारत र चीनको अर्थतन्त्रबाट लाभान्वित हुन खोजी रहेको छ, त्यो आर्थिक साझेदारी र भूराजनीतिक सन्तुलनलाई साथसाथै लिएर नेपाल बढ्न खोजी रहेको विषयमा चासो रहेको मैले पाएँ ।”
नेपालका विमान कम्पनीले आफ्ना सेवा बोइङबाट एयरबसमा रुपमान्तरण गरिसक्दासमेत युरोपमा उडान भर्न नपाएर परेको कठिनाइबारे जानकारी गराउँदै मन्त्री ज्ञावलीले ‘तपाईंकै क्षेत्रमा उत्पादन भएको जहाजले यही उडान भर्न नपाउने यो त मिल्दो कुरा भएन, यसलाई छिटोभन्दा छिटो हटाइदिनुस्’ भनी आग्रह गरेको जानकारी दिनुभयो ।
पोर्चुगलका विदेशमन्त्रीसँग भएको प्रतिनिधिमण्डलस्तरको बैठकमा सम्बन्धलाई आगामी दिनमा थप सुदृढ तुल्याउने र सहयोगका क्षेत्र पहिल्याउन परामर्श समयन्त्र बनाउने विषयमा हस्ताक्षर भएको उहाँले जानकारी दिनुभयो ।
छलफलमा मन्त्री ज्ञावलीले त्यहाँ ठूलो संख्यामा रहेका नेपालीको हितको निम्ति सहकार्यका साथ अघि बढ्ने बारेमा विचार विमर्श भएको थियो । बेल्जियम र लक्जेम्बर्गका आफ्ना समकक्षीसगको वार्ता र छलफलमा लगानी अभिवृद्धि र व्यापार विस्तारका अतिरिक्त अन्तरर्राष्ट्रिय मञ्चमा विकासशील देशको पक्षमा शान्तिका लागि साझा सहकार्य गर्ने विषयमा पनि मन्त्री ज्ञावलीले गहन छलफल गरेको जानकारी दिनुभयो ।
विकासन्मुख र भूपरिवेष्टित मुलुकको हितको पक्षमा विश्वसनीय साथीका रुपमा बहस पैरवी गर्ने मुलुकमा रुपमा बेल्जियम रहेको छ भने सानो भएर पनि प्रतिव्यक्ति धेरै आय हुने दोस्रो मुलुकको कोटीमा लक्जेम्बर्ग पर्दछ ।
युरोप भ्रमणका क्रममा मन्त्री ज्ञावलीले युरोपेली मुलुकमा रहेका राजदूतलाई परिवर्तित सन्दर्भमा नेपालले अहिले अवलम्बन गरेको आर्थिक विकास र समृद्धिको लक्ष्यलाई परिपूर्ति गर्न र त्यसलाई सफल तुल्याउन तथा नेपालको छविलाई माथि उकास्ने ढंगले काम गर्न निर्देशन दिनुभएको थियो ।
युरोपियन इस्न्टिच्युट फर एशियन इस्टाटेडिजले आयोजना गरेको छलफलमा समेत भाग लिएका मन्त्री ज्ञावलीले त्यहाँ नेपालले प्राप्त राजनीतिक उपलब्धि र शान्ति कसरी दिगो बनाउने भन्ने बारे लिएको मार्गबारे जानकारी गराउनुभएको थियो ।
मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघको युरोपस्तरीय क्षेत्रीय भेलाका सहभागीलाई संविधानले दिएको सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको पूर्णरुपमा उपयोग गर्दै अब सम्पूर्ण ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित गरेर कार्यक्रम अघि बढाउन सुझाव दिनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा