काठमाडौँ-संघीय संसद् सचिवालयले महाशाखा प्रमुखहरुको जिम्मेवारी तोकेको छ ।
प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिसहित प्रशासन महाशाखा प्रमुखमा ध्रुवप्रसाद घिमिरे, प्रतिनिधि सभाकै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसहित आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुखमा कृष्णहरि खड्का, प्रतिनिधि सभाकै राज्य व्यवस्था तथा सुशासन समितिसहित मानव संसाधन विकास महाशाखा प्रमुखमा सुदर्शन खड्कालाई जिम्मेवारी दिइएको छ ।
यसैगरी प्रतिनिधि सभाकै शिक्षा तथा स्वास्थ्य समिति र विधि व्यवस्थापन महाशाखा प्रमुखमा जीवराज बुढाथोकी, सोही सभाको सार्वजनिक लेखा समिति र प्रविधि व्यवस्थापन महाशाखा प्रमुखमा डा रोजनाथ पाण्डेले जिम्मेवारी पाएका छन् ।
राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति र कार्य व्यवस्थापन महाशाखा प्रमुखमा मुरारी महत, सोही सभाको विधायन व्यवस्थापन समिति र विधि व्यवस्थापन महाशाखा प्रमुखमा मनोजकुमार गिरी प्रमुख भएका छन् ।
यसैगरी महिला तथा सामाजिक समिति र सांसद सुविधा व्यवस्थापन महाशाखा प्रमुखमा हृदयराम महर्जन, प्रतिनिधि सभाको अर्थ समिति र अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखा प्रमुखमा सुरेन्द्र अर्याल प्रमुख तोकिएका छन् ।
सोही सभाको विकास तथा प्रविधि समिति र कार्य व्यवस्था महाशाखा प्रमुखमा वंशीराज पौडेल, प्रतिनिधिसभाकै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र संसदीय अध्ययन तथा अनुसन्धान महाशाखा प्रमुखमा घनिन्द्रराज चिमौरियाले जिम्मेवारी पाउनुभएको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रमुख तोक्न बाँकी छ । तोकिएका सहसचिवले समितिको सचिवका रुपमा काम गर्नेछन्।
दुवै सभाको संयुक्त समितिका रुपमा रहने संसदीय सुनुवाइ समिति र राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन एवम् अनुगमन तथा मूल्यांकन समितिको निर्णय संसद् सचिवालयको महासचिवले नै प्रमाणित गर्ने व्यवस्था संघीय संसद्को संयुक्त बैठक र समिति कार्यसञ्चालन निर्देशिका–२०७५ मा गरिएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा