तनहुँ-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको रवैया यहि किसिमको रहिरहे पार्टी निर्णायक आन्दोलन गर्न पछि नहट्ने बताएका छन् ।
तनहूँमा मंगलबार आयोजित सभामा नेता पौडेलले सरकारलाई ठीक ठाउँमा ल्याउन र सचेत गराउन प्रतिकारात्मक विरोध कार्यक्रम गरिएको र नसच्चिए निर्णायक आन्दोलन गर्न तयार रहेको बताए ।
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्र नक्कली नै थियो भने सर्वोच्च अदालतमा बसेर न्यायनिसाफ गरिरहेका न्यायपरिषद्ले के हेरेर सिफारिस गर्यो ? यसकारण सर्वप्रथम न्यायपरिषद्का पदाधिकारीलाई कारबाही गर्नुपर्छ भन्ने उनको भनाई थियो ।
कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले दुईतिहाई बहुमतको आडमा कम्यनिष्ट सरकारले लोकतन्त्रको स्थायीत्व, समृद्ध नेपाल र जनताको भावना विपरित काम गरेको आरोप लगाए । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले सरकार संसदलाई नै बन्धक बनाएर एकाधिकार तरिकाले चल्न थालेको आरोप लगाए ।
पार्टी कार्यालयबाट निस्केको विशाल रयालीले बजार परिक्रमा गर्दै दमौलीको अनशन चौतारीमा सभामा परिणत भएको थियो ।
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन