
काठमाडौँ, १४ साउन – शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र नेपालका लागि जापानी राजदूत मासामिचि साइगोबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा राजदूत साइगोले आफ्नो कार्यकालमा नेपालसँगको सम्बन्धलाई थप मजबुद बनाउन पहल गर्ने बताउनुभयो ।
मन्त्री राईले नवनियुक्त राजदूतका रुपमा नेपाल आएकोमा बधाई दिदैं उहाँको कार्यकालमा मन्त्रालयसँग सम्बन्धित काममा जापानको सहयोग बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
“जापान सरकारले नेपालको आर्थिक, सामाजिक र मानवीय विकासमा पुरयाएको योगदानको नेपाल सरकारले उच्च मूल्यांकन गरेको छ, कुलेखानी जलविद्युत् आयोजना र बिपी राजमार्गले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा पुरयाएको विकास योगदान आफैँमा विशिष्ट रहेको छ”, उहाँले भन्नुभयो ।
मन्त्री राईले काठमाडौँ उपत्यकाको सडक सञ्जालको गुरुयोजना निर्माणमा जापानी सहयोगको नेपालले उच्च मूल्यांकन गरेको बताउनुभयो ।
राजदूत साइगोले नेपालको पूर्वाधार विकास र भूकम्पपछिको पुनःनिर्माणमा जापानले इमान्दारीपूर्वक सहयोग गरेको बताउँदै मन्त्रालयसँग समन्वय गरी आगामी दिनमा दिगो पुनःनिर्माण र पूर्वाधार विकासमा थप सहयोग बिस्तार गर्ने बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा