लन्डन । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले क्रिकेट खेल्ने मुलुकहरुलाई सघाउन पुन शुरु गर्न लागेको अभियान नेपालबाट थाल्ने घोषणा गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै एमसीसीले लिगेसी टुर नाम दिइएको उक्त अभियान नेपालबाट गर्न लागेको जनाएको हो ।
‘नेपालमा क्रिकेट खेल विकासको अपार सम्भावना छ तर त्यहां पूर्वाधार सिमित छन् । त्यसैले एमसीसी फाउण्डेसनको माध्यमबाट सहयोग संकलन गरि नेपालको क्रिकेट खेलको विकासमा हामीले सघाउने छौं’, विज्ञप्तिमा उल्लेख छ ।
एमसीसी फाउण्डेशनका निर्देशक अबी कार्टरले फाउण्डेशनले उसका सदस्य र शुभेच्छुकहरुलाई क्रिकेटबाट हुने लाभ सबै नेपाली जनतासंग पुरयाउन प्रोत्साहित गर्ने बताए ।
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नेपालमा क्रिकेट खेलप्रति निकै उत्साह भएको र एमसीसीको यस्तो सहयोगबाट नयां पुस्ताका नेपाली खेलाडीहरुलाई प्रोत्साहित तथा पूर्वाधार विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
एमसीसी भूकम्पपछि सन् २०१५ मा नेपाल गएको थियो भने उसको निमन्त्रणामा नेपालले विश्वविख्यात लर्डसमा दुई पटक क्रिकेट खेल खेलिसकेको छ । आइतबार नेपाल, एमसीसी र नेदरल्यान्ड्सबीच लर्डसमा टी टवान्टी त्रिकोणात्मक खेल सम्पन्न भएको थियो । लर्डसमा खेल्न पाउनुलाई कप्तान खड्काले ठूलो अवसरका रुपमा लिएका छन् ।
एमसीसी र नेपाली क्रिकेट टिमबीचको सम्वन्ध सन् २०१३ देखि प्रगाढ बन्दै गएको हो । सन् २०१५ मार्चमा पारस खड्काले एमसीसीमा आवद्ध भएर दुबइमा खेलेका थिए ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित