
काठमाडौँका सिंहदरबार प्लाजामा अवस्थित नेपाल स्टक एक्सचेन्जको कार्यालय भवन । तस्बिर – नवीन पौडल, रासस
काठमाडौँ, १२ साउन – धितोपत्र बजारमा यस साता रु एक अर्ब ६२ करोड ९१ हजार बराबरको शेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता कूल एक सय ७९ कम्पनीको ३९ लाख ४५ हजार सात सय ६० कित्ता शेयर खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा २७ दशमलव ४१ प्रतिशत कम हो । गत साता एक सय ८६ कम्पनीको रु एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार बराबरका ४७ लाख ५४ हजार पाँच सय २० कित्ता शेयर खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९ दशमलव ५४ अंकले बढेर अन्तिम दिन एक हजार ९१० अंकमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुई दशमलव १० अंकले बढेर २५० दशमलव ९६ अंकमा पुगेको छ ।
यस साता कारोबार रकमका आधारमा नविल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु पाँच करोड ३० लाख ३० हजार बराबरको कारोबार भएको छ ।
त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा मेगा बैंक अग्रस्थानमा छ । सो बैंकको एक लाख ३७ हजार कित्ता शेयर कारोबार भएको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]