
अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थ मन्त्रालयमा शुक्रबार नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले अर्थ सचिव राजन खनाललाई भूकम्पपछिको पुनःनिर्माणका निम्ति भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप रु दुई अर्ब १० करोड ४३ लाखको चेक हस्तान्तरण गर्नुहुँदै । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, ११ साउन – भूकम्पपछिको पुनःनिर्माणका निम्ति भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप आज रु दुई अर्ब १० करोड ४३ लाख प्रदान गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले अर्थसचिव राजन खनाललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।
गोरखा र नुवाकोटका ४२ हजार ८६ वटा निजी घर निर्माणका निम्ति अनुदानस्वरुप उक्त रकम नेपाल सरकारलाई पुनर्भुक्तानी भएको हो ।
त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत पुरीले शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल र उहाँका नेपाली समकक्षी प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबाट नयाँ उचाइमा पुगेको बताउनुभयो ।
‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने वर्तमान सरकारको लक्ष्य प्राप्तिमा भारतले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले दुई देशबीच भएका सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन गर्न भारत दृढ छ भन्नुभयो ।
सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासमा भारतबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार प्रकट गर्दै पुनःनिर्माणलगायत शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा पनि भारत सरकारले उल्लेख्य सहायता उपलब्ध गराएको बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ