काठमाडौँ-नेपाली कांग्रेसले शुक्रबार हुने संसद् बैठक अवरोध नगर्ने भएको छ ।
काठमाडौंमा आयोजित एक साक्षात्कारमा कांग्रेस नेता डा नारायण खड्काले समस्याको समाधान खोज्ने थलो संसद् भएको जनाउँदै अनशनरत प्रा डा गोविन्द केसीले उठाएका मागप्रति सरकार सकारात्मक देखिएकाले बैठक अवरोध नगर्ने प्रष्ट पारे ।
अघिल्लो सरकारको पालामा चिकित्सा शिक्षा अध्यादेश सहमतिमै आएको स्मरण गराउँदै सांसद डा खड्काले सरकारले सामाजिक न्यायमा आधारित शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले लामो लोकतान्त्रिक अभ्यास गरेको काँग्रेसले लगातार संसद् अवरुद्ध गर्दा संसदीय प्रणालीमाथि नै प्रश्न उठ्ने बताए । उनले भने, “संसद् सञ्चालन गर्नुपर्छ, प्रक्रियालाई अड्काएर राख्नुहुँदैन । बरु अन्तर्वस्तुमा विमति हुन सक्छ । यसका लागि छलफलबाट सहमति खोज्नुपर्छ । लगातार संसद् अवरुद्ध गरेर संसदीय व्यवस्था असफल भएको मुलुकका रुपमा परिभाषित गर्न दिनुहुँदैन ।”
नेता गुरुङले अनशनरत प्रा डा केसीको जीवनरक्षा हुनुपर्नेमा जोड दिँदै उनले भनेजस्तो विधेयकमा हुबहु लागू गर्न नसकिने हुँदा सहमति र संवादमार्फत निकास खोज्नुपर्ने बताए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार