काठमाडौँ-नेपाली कांग्रेसले शुक्रबार हुने संसद् बैठक अवरोध नगर्ने भएको छ ।
काठमाडौंमा आयोजित एक साक्षात्कारमा कांग्रेस नेता डा नारायण खड्काले समस्याको समाधान खोज्ने थलो संसद् भएको जनाउँदै अनशनरत प्रा डा गोविन्द केसीले उठाएका मागप्रति सरकार सकारात्मक देखिएकाले बैठक अवरोध नगर्ने प्रष्ट पारे ।
अघिल्लो सरकारको पालामा चिकित्सा शिक्षा अध्यादेश सहमतिमै आएको स्मरण गराउँदै सांसद डा खड्काले सरकारले सामाजिक न्यायमा आधारित शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले लामो लोकतान्त्रिक अभ्यास गरेको काँग्रेसले लगातार संसद् अवरुद्ध गर्दा संसदीय प्रणालीमाथि नै प्रश्न उठ्ने बताए । उनले भने, “संसद् सञ्चालन गर्नुपर्छ, प्रक्रियालाई अड्काएर राख्नुहुँदैन । बरु अन्तर्वस्तुमा विमति हुन सक्छ । यसका लागि छलफलबाट सहमति खोज्नुपर्छ । लगातार संसद् अवरुद्ध गरेर संसदीय व्यवस्था असफल भएको मुलुकका रुपमा परिभाषित गर्न दिनुहुँदैन ।”
नेता गुरुङले अनशनरत प्रा डा केसीको जीवनरक्षा हुनुपर्नेमा जोड दिँदै उनले भनेजस्तो विधेयकमा हुबहु लागू गर्न नसकिने हुँदा सहमति र संवादमार्फत निकास खोज्नुपर्ने बताए ।
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : कुन दलले कति सिट जिते ?