काठमाडौं-समृद्धि मुख्य लक्ष्य राखेको केपी शर्मा ओली नेतृत्वको सरकारले कृषि, भूमी ब्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि तथा भूमीसुधार मन्त्रालयलाई अलग अलग बनाएको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाकाअनुसार अब भूमी ब्यवस्था तथा गरिबी निवारण एक मन्त्रालय रहनेछ भने कृषि तथा पशुपंक्षी अर्को मन्त्रालय हुनेछ । एउटा नयाँ मन्त्रालय थपेसँग अब मन्त्रालयको संख्या २२ पुगेको छ ।
अहिले एकीकृत मन्त्रालयको नेतृत्व चक्रपाणि खनालले गरिरहेका छन् । नयाँ मन्त्रालय बनेपछि अब खनालले कृषि तथा पशुपंक्षी मन्त्रालय सम्हाल्ने बताइएको छ । यस्तै अर्को भूमी ब्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी अहिले स्वास्थ्य राज्यमन्त्री रहेकी पद्या अर्याललाई दिने तयारीमा प्रधानमन्त्री रहेको बुझिएको छ ।
अहिले स्वास्थ्य मन्त्रालय फोरमको भागमा परेको छ, जसको नेतृत्व उपेन्द्र यादवले गरिरहेका छन् । स्वास्थ्य राज्यमन्त्री पनि अब फोरमबाटै ल्याउने सरकारको तयारी छ ।
यस्तै मन्त्रिपरिषद्को बिहीबारको बैठकले लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवधेषकुमार त्रिपाठीलाई नियुक्त गरेको छ भने सदस्यमा किशोरप्रसाद ढकाल नियुक्त भएका छन् ।
बैठकले प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाउने सैद्धान्तिक स्वीकृती समेत दिएको छ ।
यसैगरी, बिहीबारदेखि मन्त्रिपरिषद्को बैठक ‘पेपर लेस’ भएको छ । अब प्रधानमन्त्री र मन्त्री सबैले म्याकबुकको प्रयोग गर्नेछन् ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद