काठमाडौँ-कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार अपराह्न पत्रकार सम्मेलन गरी उनले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गरेका हुन् ।
उनले बंगलादेशमा एमबीबीएस पढ्न जाने नेपाली छात्राले सर्टिफिकेटका लागि अस्मिता बेच्नुपर्ने बाध्यता रहेको टिप्पणी एक सार्वजनिक कार्यक्रममा गरेपछि उनको चर्को अालोचना भएको थियो । त्यही कारण उनीमाथि राजीनामा दिन अान्तरिक र बाह्य रूपमा ठूलो दबाब सिर्जना भएको थियो ।
आफ्नो चार महिने कार्यकालको उपलब्धिबारे अवगत गराउँदै उनले आफू जहाँ रहे पनि सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानमा सहयोगी रहने बताए ।
राजीनामा गर्ने जानकारी दिन अायोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले अाफूले सधै नारी अधिकारका लागि लडेको बताए । उनले नारीलाई अाफूले सदैव सम्मान गर्ने बताए ।
उनी लेखिएको विज्ञप्ती पढ्ने बेलामा चार पटक रोएका थिए ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक