काठमाडौँ-नख्खु कारागार ललितपुरमा कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका भक्तबहादुर सुनारलाई वनस्पतिजन्य विषको प्रयोग गराई जबरजस्ती करणी मुद्धामा सजाय भुक्तान गरिरहेका ‘सिरियल किलर’ अभिषेकराज सिंहलगायतले हत्या गरेको अभियोग लागेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दिएको जानकारीअनुसार बर्दिया सावक ठाकुरद्वारा गाविस–५ का ३२ वर्षीय सुनारलाई सोही कारागारमा कैद भुक्तान गरिरहेका सिंहलगायतको समूहले बनस्पतिजन्य पदार्थको विष तयार गरी खाना समेतमा प्रयोग गरी हत्या गरी योजनाबद्ध ढंगले जेल प्रशासनलाई फसाउने लक्ष्य राखेको खुलासा भएको जनाएको हो ।
सिंहलगायतले उक्त घटना घटाएर आन्तरिक प्रशासन तथा तत्कालीन चौकिदारलाई दोषी साबित गराई आन्तरिक प्रशासनमा आफ्नो वर्चश्व स्थापित गर्नाका साथै चौकिदारको पद प्राप्त गर्ने योजना बनाएको खुल्न आएको छ ।
सिंहले हत्याको योजना तथा विष तयार र त्यसको प्रयोगमा मनोजकुमार चौरसिया समेतको सहयोग लिएको त्यसैगरी विष बनाउन आवश्यक पर्ने वनस्पतिजन्य पदार्थ ध्रुवकृष्ण शर्माले जेलभित्र पुरयाउने कार्य गरेको प्रहरीले जनाएको छ । अभियुक्त सिंहले विगतमा पनि सुर्खेत, भक्तपुर, रुपन्देही र जनकपुरमा समेत ज्यान मार्ने उद्योगमा समेत विषादीको प्रयोग गरी घटना घटाएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले सो घटनाको मुख्य योजनाकार बाँके नेपालगन्ज उपमहानगरपालिका–४ का सिंह, सहयोगी सप्तरीका मनोजकुमार चौरसिया र अर्का सहयोगी दोलखाका ध्रुवकृष्ण शर्मालाई कर्तव्य ज्यान मुद्दामा सरकारी वकिल कार्यालय ललितपुरमा पेश गरिएको प्रहरीको भनाइ छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित