काठमाडौँ-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली युरोपेली संघको प्रधान कार्यालयसहित संघका केही प्रभावशाली सदस्य देशको साताव्यापी औपचारिक भ्रमणमा भोलि राति पोर्चुगलको राजधानी लिस्बनतर्फ प्रस्थान गर्दैछन ।
नेपालको संविधान जारी भइसकेपछिको सात महिनाको अवधिमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनपछि गठन भएको वर्तमान सरकारका विकासका प्राथमिकता, नेपालको परराष्ट्र नीति, बहुपक्षीय मञ्च र अन्तर्राष्ट्रिय जगत्मा नेपालको उपस्थितिलगायत मुलुकको राष्ट्रिय हित प्रवद्र्धन गर्ने उद्देश्यले उनी पोर्चुगल, लग्जेम्बर्ग र बेल्जियमको भ्रमणमा जान लागेका हुन् ।
ब्रसेल्स, पेरिस, लण्डन, बर्लिन, जिनेभा र भियनामा रहेका नेपाली राजदूत एवं स्थायी प्रतिनिधिलाई ब्रसेल्समा भेला गरेर नेपालको राष्ट्रिय स्वार्थ र हित प्रवद्र्धन गर्दै आर्थिक एवं विकास कूटनीतिलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न मन्त्री ज्ञवालीले निर्देशन दिने कार्यक्रम छ ।
युरोपेली संघ र युरोपका महत्वपूर्ण देशसँग दुई पक्षीय सम्बन्ध विस्तार गर्न तथा संघअन्तर्गतका संरचनालाई नेपालको वस्तुस्थिति अवगत गराउन तथा राष्ट्रिय आवश्यकता र प्राथमिकताका परियोजनामा सहायता जुटाउनेतर्फ पनि आफ्नो भ्रमण केन्द्रित रहने उनले राससलाई बताए ।
पारस्परिक सम्बन्ध विस्तारबारे पोर्चुगल र लग्जेम्बर्ग सरकारसँग छलफल गर्ने जानकारी दिँदै उनले बेल्जियमका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री डाइडेर रेयानडेर्स र पोर्चुगलका विदेशमन्त्री अगस्टो सान्टोस सिल्भासँग बेग्लाबेग्ले भेटवार्ता गर्ने कार्यक्रम रहेको बताए ।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ