
काठमाडौँ, ५ साउन – काठमाडौँ महानगरपालिकाले सडकयात्रीबाट निस्कने फोहर व्यवस्थापनका लागि सार्वजनिक स्थलमा फोहर राख्ने भाँडो (डस्टबिन) राख्ने भएको छ ।
आजदेखि वडा नं ७ बाट शुरु गरेको उक्त कार्यक्रम अन्य वडामा पनि सञ्चालन गर्ने कामपाको भनाइ छ ।
स्वच्छ वातावरण निर्माणबाट स्वस्थ्य शहरी जीवन अभियान शुरु गर्नका लागि कामपाले यस अभियान शुरु गरेको वडा नं ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलको भनाइ रहेको छ ।
काठमाडौँ महानगरपालिका–७ मा रहेको सेन्टलरेन्स कलेजका अध्यक्ष केशवप्रसाद दंगालले वडाध्यक्ष शुद्धकुमार डंगोललाई आज डस्टबिन प्रदान गर्नुभएको हो । शैक्षिक संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत, सडकयात्रीले उत्पादन गर्ने फोहर संकलन प्रयोजनमा ल्याउन ७० लिटर क्षमताका ५० वटा डस्टबिन दिइएको हो ।
सो अवसरमा वडाध्यक्ष डंगोलले, सहभागितामूलक अभियानबाट गुणस्तरीय जीवन पद्धतिको विकास गर्ने कामलाई वडाले प्राथमिकता दिएको धारणा राख्नुभयो । “हामी चाहन्छौँ, नागरिक जीवन सहजतामा कुनै कमी नहोस्, यसमा हरेकको जिम्मेवारी गासिएको छ ।”
सोही अवसरमा कलेजका अध्यक्ष दंगालले सकारात्मक सोचले अघि बढाइएको अभियान सार्थक नहुञ्जेल चलाइरहनुपर्ने धारणा राख्नुभयो ।
कलेजबाट समाज व्यवस्थापनका सन्देश लिएर बस्तीमा पुग्ने योजनाअनुरुप विद्यार्थीलाई परिचालन गरेर अभियान शुरु गरिएको बताउँदै, कलेजका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदी र प्रधानाध्यापक पुरुषोत्तम महर्जनले अभियानको परिणाम नआउञ्जेल काम गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कलेजको स्नातक तहमा अध्ययन गर्ने विभिन्न विधाका विद्यार्थीले डस्टबिन विभिन्न सार्वजनिक स्थानमा लगेर राख्नेछन् भने डस्टबिन कहाँ राख्ने भन्ने कुराको निक्र्यौल वडा समितिले गर्नेछ ।
पछिल्लो समय कामपामा फोहर व्यवस्थापनमा देखिएको समस्यालाई कम गर्नका लागि यस किसिमको अभियान शुरु गरिएको हो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता