
काठमाडौँ, ५ साउन – काठमाडौँ महानगरपालिकाले सडकयात्रीबाट निस्कने फोहर व्यवस्थापनका लागि सार्वजनिक स्थलमा फोहर राख्ने भाँडो (डस्टबिन) राख्ने भएको छ ।
आजदेखि वडा नं ७ बाट शुरु गरेको उक्त कार्यक्रम अन्य वडामा पनि सञ्चालन गर्ने कामपाको भनाइ छ ।
स्वच्छ वातावरण निर्माणबाट स्वस्थ्य शहरी जीवन अभियान शुरु गर्नका लागि कामपाले यस अभियान शुरु गरेको वडा नं ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलको भनाइ रहेको छ ।
काठमाडौँ महानगरपालिका–७ मा रहेको सेन्टलरेन्स कलेजका अध्यक्ष केशवप्रसाद दंगालले वडाध्यक्ष शुद्धकुमार डंगोललाई आज डस्टबिन प्रदान गर्नुभएको हो । शैक्षिक संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत, सडकयात्रीले उत्पादन गर्ने फोहर संकलन प्रयोजनमा ल्याउन ७० लिटर क्षमताका ५० वटा डस्टबिन दिइएको हो ।
सो अवसरमा वडाध्यक्ष डंगोलले, सहभागितामूलक अभियानबाट गुणस्तरीय जीवन पद्धतिको विकास गर्ने कामलाई वडाले प्राथमिकता दिएको धारणा राख्नुभयो । “हामी चाहन्छौँ, नागरिक जीवन सहजतामा कुनै कमी नहोस्, यसमा हरेकको जिम्मेवारी गासिएको छ ।”
सोही अवसरमा कलेजका अध्यक्ष दंगालले सकारात्मक सोचले अघि बढाइएको अभियान सार्थक नहुञ्जेल चलाइरहनुपर्ने धारणा राख्नुभयो ।
कलेजबाट समाज व्यवस्थापनका सन्देश लिएर बस्तीमा पुग्ने योजनाअनुरुप विद्यार्थीलाई परिचालन गरेर अभियान शुरु गरिएको बताउँदै, कलेजका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदी र प्रधानाध्यापक पुरुषोत्तम महर्जनले अभियानको परिणाम नआउञ्जेल काम गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कलेजको स्नातक तहमा अध्ययन गर्ने विभिन्न विधाका विद्यार्थीले डस्टबिन विभिन्न सार्वजनिक स्थानमा लगेर राख्नेछन् भने डस्टबिन कहाँ राख्ने भन्ने कुराको निक्र्यौल वडा समितिले गर्नेछ ।
पछिल्लो समय कामपामा फोहर व्यवस्थापनमा देखिएको समस्यालाई कम गर्नका लागि यस किसिमको अभियान शुरु गरिएको हो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने