
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, आदित्य संरक्षण प्रतिष्ठानले शनिबार आयोजना गेरेको कार्यक्रममा बालज्ञानी गुरु आदित्यले लेख्नुभएको ‘कलियुगको आदित्य ज्योतिपथ’ पुस्तकको लोकार्पण गर्नुहुँदै । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, ५ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि खोजीको विषय भएको बताउनुभएको छ ।
आदित्य संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको ‘कलियुगको आदित्य ज्योतिषपथ’ पुस्तकको विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोतविना नै ज्ञान हुनु आफैँमा आश्चर्यजनक भएको बताउनुभयो ।
उहाँले आदित्यको दार्शनिक श्रृंखला तथा चिन्तन प्रक्रिया धार्मिक प्रक्रियासँग मेल नखाने बताउँदै आदित्यलाई आफ्नो ढंगले सोचविचार गर्न दिने र त्यो ज्ञानलाई प्रकट हुने वातावरण बनाइदिनुपर्नेमा जोड दिनुभयो । “आदित्यको शारीरिक मात्र होइन ज्ञानको पनि सुरक्षा हुनु आवश्यक छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसका लागि सरकार सहयोग गर्न तयार छ ।”
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक एवं धार्मिकरुपमा समृद्ध नेपाललाई आर्थिकरुपमा पनि समृद्ध बनाउनुपर्ने धारणा राख्नुभयो ।
आदिमकालदेखि नै नेपाल ज्ञानको भण्डार भएको भन्दै अध्यक्ष प्रचण्डले सांस्कृतिक तवरले नेपाल समृद्ध बनाउने विषयमा सबै लागिपर्नु पर्नेमा जोड दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त