लन्डन । बिहीबार राती अबेर लन्डन उत्रिएको नेपाली क्रिकेट टिम शनिबारदेखि अभ्यास खेलमा व्यस्त हुने भएको छ ।
लर्डसमा आगामी २९ जुलाईमा नेपाल, एमसीसी र नेदरल्यान्ड्सबीच ‘टी टवान्टी’ त्रिकोणात्मक श्रृंखला खेल अघि नेपाली टिमले बेलायतमा चारवटा अभ्यास खेल खेल्दैछ । जस अन्तर्गत पहिलो प्राक्टिस म्याच २१ जुलाई शनिबार होग (५० ओभर्स म्याच) संग हुनेछ भने दोश्रो अभ्यास खेल २३ जुलाइमा सेन्ट क्रस (टि २०) संग छ । त्यसैगरि, तेश्रो प्राक्टिस म्याच जुलाइ २५ मा इष्ट लन्डन ११ (५० ओभर्स) र चौंथो प्राक्टिस म्याच जुलाइ २६ का दिन इष्ट लन्डन सार्कस (टी २०) बीच हुने तालिका छ ।
नेपालले नेदरल्याण्ड्ससंग आम्सटेल्भिन ग्राउण्ड नेदरल्याण्डसमा अगष्ट १ र अगष्ट ३ मा क्रमशः पहिलो र दोश्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआइ) खेल खेल्ने तय भएको प्रशान्त कुंवरले जानकारी दिए ।
नेपाली क्रिकेट टोलीमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, सन्दिप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, सुवास खकुरेल र रोहितकुमार पौडेल छन् ।
लर्डसमा २९ जुलाइको खेल हेर्न बेलायतस्थित खेलप्रेमी युवा निकै उत्साहित देखिएका छन् । नेपाली टिमले झण्डै दुई वर्षपछि दोश्रो पटक लर्डसमा खेल्न लागेको हो ।
उक्त इभेन्टमा दर्शक उपस्थिति उल्लेख्य बनाउन यतिखेर लन्डनस्थित नेपाली दूतावास, गैर आवासीय नेपाली संघ बेलायत, तमुधिं यूके, बुद्ध फाउण्डेशन यूके, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायत जस्ता नेपाली संघसंस्था प्रत्यक्ष जुटेका छन् ।
३० हजार दर्शक क्षमताको उक्त क्रिकेट मैदानमा कम्तीमा १० हजार दर्शक उतार्न नेपाली समुदाय प्रयासरत छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण