काठमाडौँ- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवन रक्षा र जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बुधबार एक विज्ञप्ति जारी गर्दै चिकित्सा क्षेत्रमा सुधारका लागि विभिन्न माग राखी लामो समयदेखि आमरण अनशनरत डा केसीको जीवन रक्षाका लागि गम्भीर हुन सरकारलाई आग्रह गरेका हुन् ।
‘डा केसीका सबै विचारसँग सहमत हुन आवश्यक छैन तर जनताको बाँच्न पाउने अधिकार र सत्याग्रहको संस्कृतिको सम्मान सरकारको प्राथमिक उत्तरदायित्व हो’- विज्ञप्तिमा भनिएको छ ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह