काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई विधिको शासनमा हिँडाउन खोजेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँगको भेटघाटमा उनले देशलाई कानून र विधिको शासनमा हिँडाउने प्रयत्न सरकार भएको बताए ।
“संविधान, नियम, कानून र विधिअनुसार सरकारले काम गर्छ, जसले जे माग राख्यो त्यो पूरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय हुँदैन,” प्रधानमन्त्री ओलीले भने, “वर्तमान सरकारले देशलाई सही बाटोमा हिँडाइ सुशासन ल्याउन प्रतिबद्ध रहेको र त्यसबाट आफू बिचलित हुने छैन् ।
उनले जनताले सरकारलाई सुम्पिएको अभिभारा पूरा गर्नेमा कुनै सन्देह नभएको उल्लेख गर्दै सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधी, सामाजिक न्याय हुन नदिनेले सरकारका विरुद्ध अफवाह फैलाएका छन्, पार्टीका नेता कार्यकर्ता र सर्वसाधारणले यस्ता कुराको प्रतिवाद गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले दुई-चार महिनामै समृद्धि हासिल गर्न नसकिने भएकोले धैर्य गर्न आग्रह गर्दै “चुनावभन्दा अघिका सरकारले देशमा जथाभावी गरेकाले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको बताए । उनले भने, “निर्वाचन आचारसंहिता लागेपछि जथाभावी नियुक्ति, निर्वाचन परिणाम आएको तीन-महिनासम्म सत्ता हस्तान्तरण नगरेर कांग्रेसले विधि विधान विपरीत कार्य गरयो ।”
पार्टी कार्यालयमा प्रधानमन्त्री ओलीलाई विभिन्न संघ संस्थाले मागपत्र बुझाएका छन् । एयर बंगालको विमान दुर्घटनामा मृत्यु भएका परिवारका आफन्त, पूर्वजनमुक्ति सेना, द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार, सामाजिक परिचालक संघ, मुस्कान सेना, जिफन्टलगायत संघसंस्थाले प्रधानमन्त्रीलाई माग पत्र बुझाएका हुन् ।
पार्टी कार्यकर्ता र सर्वसाधारणसँग भेटघाट गर्न प्रधानमन्त्री ओली महिनाको पहिलो दिन पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र १५ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा जाने कार्यक्रम छ । यस्तो भेटघाटको आज पहिलो दिन हो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा