
नेपाली भाषाका आदिकवि भानुक्त आचार्यको २०५ औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय हिमवत खण्ड कला साहित्य सम्मिलनको दोस्रो दिन शनिबारका सहभागीहरु । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, ३० असार – आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज बहुभाषिक कविता वाचन र हास्यव्यङ्य साँझ सम्पन्न भएको छ ।
स्वदेश र विदेशका गरी करीब ३०० साहित्यकार एवं कलाकार सहभागी सम्मिलनमा नेपाली, नेपाल भाषा, मैथिली, वान्तवा, चाम्लिङ, वाम्बुले, मगर, लिम्बू, अवधि, भोजपुरी, थारु, गुरुङ, डोटेली, संस्कृत, चेपाङ, धिमाल, माझी, अंग्रेजीलगायत भाषामा कविहरुले कविता वाचन गर्नुभएको थियो ।
राष्ट्रिय हास्यव्यङ्य कलाकारहरु मनोज गजुरेल, सीताराम कट्टेल, कुञ्जना घिमिरे, राजा राजेन्द्र पौडेल, जितु नेपाल, लक्ष्मण गाम्गानेले समसामयिक चेतनायुक्त प्रस्तुतिमार्फत मनोरञ्जन दिनुभएको थियो । उहाँहरुले नेपाली भाषा संकटमा पर्न थालेको, समाज अति आधुनिकतावादमा फसेको, नेपाली भूमि छिमेकीको अतिक्रमणमा परेका विषयलाई रोचक ढंगले प्रस्तुत गर्नुभएको थियो ।
आजै हिमवत्खण्डसम्बन्धी भाषा र संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुति र छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रिय नाचघरमा उद्घाटन गर्नुभएको सम्मिलनको आइतबार पर्यटकीयस्थल चन्द्रागिरिमा समापन हुनेछ ।
सम्मिलनमा बेलायत, जापान, भुटान, थाइल्याण्ड, रुस, फ्रान्सलगायत मुलुकका साहित्यकारको सहभागिता छ । भारतको गुवाहाटी, उत्तराखण्ड, सिक्किम, कोलकाता, हिमाञ्चल प्रदेश, देहरादुन, दार्जिलिङ, वाराणसी, विहार, सिलाङलगायत स्थानबाट साहित्यकारहरुको सहभागिता छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार