
नेपाली भाषाका आदिकवि भानुक्त आचार्यको २०५ औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय हिमवत खण्ड कला साहित्य सम्मिलनको दोस्रो दिन शनिबारका सहभागीहरु । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, ३० असार – आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज बहुभाषिक कविता वाचन र हास्यव्यङ्य साँझ सम्पन्न भएको छ ।
स्वदेश र विदेशका गरी करीब ३०० साहित्यकार एवं कलाकार सहभागी सम्मिलनमा नेपाली, नेपाल भाषा, मैथिली, वान्तवा, चाम्लिङ, वाम्बुले, मगर, लिम्बू, अवधि, भोजपुरी, थारु, गुरुङ, डोटेली, संस्कृत, चेपाङ, धिमाल, माझी, अंग्रेजीलगायत भाषामा कविहरुले कविता वाचन गर्नुभएको थियो ।
राष्ट्रिय हास्यव्यङ्य कलाकारहरु मनोज गजुरेल, सीताराम कट्टेल, कुञ्जना घिमिरे, राजा राजेन्द्र पौडेल, जितु नेपाल, लक्ष्मण गाम्गानेले समसामयिक चेतनायुक्त प्रस्तुतिमार्फत मनोरञ्जन दिनुभएको थियो । उहाँहरुले नेपाली भाषा संकटमा पर्न थालेको, समाज अति आधुनिकतावादमा फसेको, नेपाली भूमि छिमेकीको अतिक्रमणमा परेका विषयलाई रोचक ढंगले प्रस्तुत गर्नुभएको थियो ।
आजै हिमवत्खण्डसम्बन्धी भाषा र संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुति र छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रिय नाचघरमा उद्घाटन गर्नुभएको सम्मिलनको आइतबार पर्यटकीयस्थल चन्द्रागिरिमा समापन हुनेछ ।
सम्मिलनमा बेलायत, जापान, भुटान, थाइल्याण्ड, रुस, फ्रान्सलगायत मुलुकका साहित्यकारको सहभागिता छ । भारतको गुवाहाटी, उत्तराखण्ड, सिक्किम, कोलकाता, हिमाञ्चल प्रदेश, देहरादुन, दार्जिलिङ, वाराणसी, विहार, सिलाङलगायत स्थानबाट साहित्यकारहरुको सहभागिता छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा