
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि मन्त्री तथा सचिवसँग छलफल गर्नुहुँदै । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्ने उद्देश्यका साथ प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । सरकारको मूल लक्ष्य आर्थिक समृद्धि र विकास भएकाले त्यसमा कुनै पनि सम्झौता हुन नसक्ने र जनतालाई केन्द्रमा राखेर योजनाबद्ध विकास हुनुपर्ने प्रधानमन्त्रीको जोड थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको छलफलमा मन्त्री तथा सचिवहरुको सहभागिता थियो । प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै सरकारको नीति र कार्यक्रम तथा आगामी आवको बजेट कार्यान्वयनमा ल्याउने गरी कार्ययोजना ल्याउन सचिव र मन्त्रीहरुलाई निर्देशन दिए ।
प्रधानमन्त्रीले भने, “सरकारको मूल लक्ष्यलाई कार्यान्वयन गर्न सबै निकायले उत्तिकै प्रभावकारी र योजनाबद्ध प्रयास गर्नुपर्छ । नेपाली जनताले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेका छन् । त्यो अपेक्षालाई पूरा गरिनुपर्छ ।”
सरकारको नीति तथा कार्यक्रम र बजेटलाई व्यवस्थित तथा योजनाबद्धरुपमा समयमा नै परिणाम निकाल्ने गरी कसरी काम गर्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्रीले छलफल गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।
सरकारको नीति तथा कार्यक्रम र बजेटलाई कसरी प्रभावकारीरुपमा कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्री ओलीले नियमित छलफल गरिरहेका छन् । गत बिहीबार पनि प्रधानमन्त्रीले यस्तै छलफल गर्नुभएको थियो । सोही छलफलको निरन्तरताका रुपमा शनिबार पुनः छलफल गरेका हुन् ।
सरकारले व्यवहारमै भ्रष्टाचारलाई शुन्य सहनशीलताको नीति अपनाएको भन्दै प्रधानमन्त्रीले भ्रष्टाचार, अनियमिततामा छुट दिन नसकिने स्पष्ट पारे । आर्थिक वर्ष २०७५-७६ को बजेट कार्यान्वयनका लागि योजनाबद्ध, गतिशील र प्रभावकारी कार्ययोजना जरुरी रहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै बजेट पूर्णरुपले कार्यान्वयनमा जाने गरी लिखित कार्ययोजना प्रस्तुत गर्न सम्बद्ध मन्त्री र सचिवलाई निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार मन्त्री र सचिवहरुले एकवर्षे तथा पञ्चवर्षीय मन्त्रालयगत कार्ययोजना र विकास निर्माणसम्बन्धी कार्यक्रम पेश गरेका छन् ।
प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि अत्यावश्यक योजना र रणनीति, समस्या रहेका स्थानमा समाधानको उपायका बारेमा समेत सम्बद्घ अधिकारीसँग चासोपूर्वक महत्वपूर्ण छलफल गरेको मन्त्री बाँस्कोटाको भनाइ छ । साउत १ गतेदेखि लागू गरिने सरकारका सबै योजनाको व्यवस्थित र तोकिएको समयमा नै नतिजा आउने गरी कार्यान्वयन गर्ने विषयमा छलफल भएको मन्त्री बास्कोटाले जानकारी दिए ।
यसअघि बिहीबार पनि प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले शनिबार १३ वटा मन्त्रालयका मन्त्री र सचिवहरुसँग छलफल गरे ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ