इस्लामावाद-भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ शुक्रबार स्वदेश फर्किंदै छन् । उनी बेलायतको लण्डन शहरबाट पाकिस्तानको लाहोरका लागि प्रस्थान गरेका छन् । पूर्व प्रधानमन्त्री सरिफ शुक्रबार लाहोर विमानस्थलमा अवतरण गर्दै छन् ।
लाहोरबाट प्राप्त समाचारमा जनाइएअनुसार उनलाई पक्राउ गर्ने हल्लाका कारण पनि यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । ठूलो संख्यामा प्रहरी खटाइएको छ भने लाहोर प्रहरीले शहरलाई नै घेरा हालेजस्तो देखिएको अधिकारीहरुले जनाएका छन् ।
उनलाई शुक्रबार विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गर्न सकिने अनुमान गरिएको छ । पूर्वप्रधानमन्त्री सरिफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका छन् ।
स्वदेशका लागि प्रस्थान गर्नुअघि उनले सार्वजनिक गरेको एक भिडियोमा भनेका छन्, “म पाकिस्तानी सेनाको तारो बनेको छु, मलाई लाग्छ म विमानस्थलमा पुगेपछि उनीहरु मलाई पक्राउ गर्न सक्छन् ।”
सरिफलाई १० वर्षको जेल सजायको फैसला हालैमात्र सुनाइएको हो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उनलाई १० वर्ष कारावासको फैसला गरेको हो । यही जुलाई २५ मा पाकिस्तानमा आमनिर्वाचन हुन लागेको छ । त्यस निर्वाचनको पूर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकिलहरूले बताएका छन् ।
उनलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ । श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री सरिफ बेलायतको लण्डनमा थिए । उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छन् ।
नेता सरिफ गत वर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट पदमुक्त भएका थिए । भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उनी प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएको थियो ।
उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ । सरिफमाथि लागेको आरोप सरिफ र उनका समर्थकहरूले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा गलत अभियोग लगाइएको दाबी गर्दै आएका छन् ।
लामो समयदेखि चर्चामा रहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देश बाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप सरिफमाथि थियो ।
पाकिस्तानको अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालीन राष्ट्रपति असिफ अलि जर्दारीविरुद्ध भ्रष्टाचार आरोप लगाउन नमानेको निहुँमा अयोग्य घोषणा गरेको थियो ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता