काठमाडौँ-प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीन र म्यानमारको औपचारिक भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्केका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत गरेका थिए । प्रधानसेनापति क्षत्री भ्रमणका लागि यही असार १९ गते म्यानमारतर्फ प्रस्थान गरेका थिए ।
भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले असार २० देखि २३ गतेसम्म म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुकी, सेनाध्यक्ष सिनियर जनलर मिन आङ हलिङ र म्यानमारमा रहेका प्रवासी नेपालीहरुसँग भेटघाट गरेका थिए ।
साथै असार २४ देखि २९ गतेसम्म चिनियाँ रक्षामन्त्री, सेनाध्यक्ष, वेस्र्टन सेक्टर कमाण्डरलगायत उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र चीन तथा म्यानमारको सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध वृद्धि हुनाका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ