चौतारा, २९ असार – सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नं को बलेरो जीप बिहीबार बेलुका ८.१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ ।
अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय भीमबहादुर तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५६ वर्षीय पोदोम तामाङ, ५३ वर्षीया नानी तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् ।
गम्भीर घाइते आठ जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । सो जीप सडकबाट करीब ४०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।
सभापति देउवाद्वारा दुर्घटनाप्रति दुःख व्यक्त
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जीप दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले आज एक विज्ञप्तिमार्फत दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
साथै सभापति देउवाले उक्त घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता