
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपालका लागि जापानका राजदूत मासाचिमी सिगोबीच आज सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेटगर्दै । तस्वीर – अध्यक्ष तिमिल्सिनाको निजी सचिवालय
काठमाडौं, २६ असार, – राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपालका लागि जापानका राजदूत मासाचिमी सिगोबीच शिष्टाचार भेटघाट भएको छ ।
सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज उहाँहरुबीच भेटघाट भएको तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिनुभयो । भेटमा उहाँहरुबीच नेपाल र जापानबीच कुटनीतिक सम्बन्धबारे छलफल भएको थियो ।
अध्यक्ष तिमिल्सिनाले नेपाल लामो संक्रमणपछि शान्ति र विकासतर्फ अगाडि बढेकाले विगतमा जस्तै आगामी दिनमा पनि जापानको सहयोग निरन्तर हुनुपर्ने बताउनुभयो ।
उहाँले राजदूत सिगोको कार्यकाल दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सफल हुने बताउनुभयो ।
उहाँले जापानले नेपालको पूर्वाधार निर्माण, भूकम्पपछिको पुनःनिर्माण, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा पुरयाएको सहयोगका लागि धन्यवाद व्यक्त गदै नेपालको भौतिक, आर्थिक, मानव संशाधन विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषिलगायतका विकासमा जापानको सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले बुद्धको जन्मभूमि नेपालमा विशेषगरी जापानका बुद्ध धर्मावलम्बी धार्मिक पर्यटकको रुपमा आउने र नेपाली पनि अध्ययन, रोजगारी तथा व्यापारका लागि जापान जाने गरेकाले जनस्तरको सम्बन्ध मजबूद बनाउन सहयोग पुगेको धारणा राख्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले विगतको संसदमा नेपाल जापान संसदीय मैत्री समूह गठन भएको र अब संघीय संसदको नेपाल जापान संसदीयमैत्री समूह गठन गर्ने जानकारी गराउनुभयो ।
भेटमा राजदूत सिगोले दुई देशको सम्बन्ध र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता