
प्रा डा केसीको माग लोकतान्त्रिक तवरले सम्बोधन हुने
काठमाडौँ, २४ असार – गृहमन्त्री रामबहादुर थापाले चिकित्सासम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले प्रा डा गोविन्द केसीले उठाएका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उहाँले प्रा डा केसी र गांगामाया अधिकारीका माग सम्बोधन हुने बताउनुभयो ।
गृहमन्त्रीले बाढी र पहिरोजस्ता प्राकृतिक विपत्बाट २४ जनाको मृत्यु भएको तथा मानवीय एवं भौतिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालय सक्रियतापूर्वक लागेको जानकारी दिनुभयो । उहाँले दुर्गम क्षेत्रमा प्रहरीचौकीको व्यवस्था गरी जनताको सुरक्षा व्यवस्था गरिने बताउनुभयो ।
द्वन्द्वकालीन घाइतेका विषयमा मन्त्रालयले व्यवस्थापन गर्न लागिपरेको जानकारी उहाँले दिनुभयो । गृहमन्त्री बादलले शान्ति सुरक्षालाई स्थापित गर्ने र विपद्मा आधारभूत सेवा पुरयाउनका लागि रु ५४ अर्ब बजेट विनियोजन भएको र सो बजेटको ४ प्रतिशत राहत तथा उद्धारमा लगाइएको बताउनुभयो ।
गृहमन्त्रीले विदेश भ्रमणमा जाँदा उपकुलपतिले कुलपतिलाई जानकारी दिनुपर्ने भए पनि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइराला जानकारीविना क्यानडा जान लागेकाले फर्काउनुपरेको स्पष्ट गर्नुभयो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- गोरखाहरुलाई अति माया गर्ने ब्रायन स्टालेको निधन
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- ‘गोरखा सैनिकहरुलाई बेलायतको भिसा–नागरिकतावापत लिइने शुल्क खारेज हुनुपर्छ’