पत्रकारहरुलाई दूतावासको सम्मान

लन्डन । लन्डनस्थित नेपाली दूतावासले नेपाल पत्रकार महासंघ बेलायत शाखाको हालै निर्वाचित चौंथो कार्यसमितिलाई वधाइसहित सम्मान गरेको छ ।

शुक्रबार सांझ ‘भिजिट नेपाल २०२०’ अभियान शुभारम्भका अवसरमा लन्डनस्थित नेपाली दूतावासमा आयोजित विशेष समारोहमा अध्यक्ष नरेश खपांगीमगर नेतृत्वको पत्रकार महासंघ बेलायतको चौंथो कार्यसमितिलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी लर्ड शेख र राजदूत डा. दुर्गाबहादुर सुवेदीले पत्रकारहरुलाई सम्मान गरे ।

दूतावासमा संस्थागत रुपमा नेपाल पत्रकार महासंघ यूकेलाई सम्मान गरिएको यो पहिलो हो । स्वागत मन्तव्यका क्रममा राजदूत डा. सुवेदीले बेलायतस्थित नेपाली पत्रकारहरुले समुदायलाई सुसूचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । राजदूतले नरेश खपांगीमगर नेतृत्वको कार्यसमितिले विगतमा समेत प्रशंसनीय कार्य गरेको जनाउंदै अबको कार्यकाल अझ सफल रहोस् भनि शुभकामना दिए ।

यसैबीच, महासंघ अध्यक्ष खपांगीमगरले दूतावासले नयां कार्यसमितिलाई विशेष महत्व दिएर सम्मान गरेकामा आभार व्यक्त गरेका छन् । सम्मानले आफूहरुलाई पेशाप्रति अझ जिम्मेवार हुन प्रेरित गरेको मगरले बताए ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री