लन्डन । लन्डनस्थित नेपाली दूतावासले नेपाल पत्रकार महासंघ बेलायत शाखाको हालै निर्वाचित चौंथो कार्यसमितिलाई वधाइसहित सम्मान गरेको छ ।
शुक्रबार सांझ ‘भिजिट नेपाल २०२०’ अभियान शुभारम्भका अवसरमा लन्डनस्थित नेपाली दूतावासमा आयोजित विशेष समारोहमा अध्यक्ष नरेश खपांगीमगर नेतृत्वको पत्रकार महासंघ बेलायतको चौंथो कार्यसमितिलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी लर्ड शेख र राजदूत डा. दुर्गाबहादुर सुवेदीले पत्रकारहरुलाई सम्मान गरे ।
दूतावासमा संस्थागत रुपमा नेपाल पत्रकार महासंघ यूकेलाई सम्मान गरिएको यो पहिलो हो । स्वागत मन्तव्यका क्रममा राजदूत डा. सुवेदीले बेलायतस्थित नेपाली पत्रकारहरुले समुदायलाई सुसूचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । राजदूतले नरेश खपांगीमगर नेतृत्वको कार्यसमितिले विगतमा समेत प्रशंसनीय कार्य गरेको जनाउंदै अबको कार्यकाल अझ सफल रहोस् भनि शुभकामना दिए ।
यसैबीच, महासंघ अध्यक्ष खपांगीमगरले दूतावासले नयां कार्यसमितिलाई विशेष महत्व दिएर सम्मान गरेकामा आभार व्यक्त गरेका छन् । सम्मानले आफूहरुलाई पेशाप्रति अझ जिम्मेवार हुन प्रेरित गरेको मगरले बताए ।
तस्विर- शिव भण्डारी
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा नेपाल सरकारको निगरानीः विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन