काठमाडौँ-सार्वजनिक यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलले साउन अगावै प्रारम्भिक प्रतिवेदन पेश गर्ने भएको छ ।
मन्त्री रघुवीर महासेठले जेठ १८ गते मन्त्रिस्तरीय निर्णय गरेर मन्त्रालयका सहसचिव केशवकुमार शर्माको संयोजकत्वमा कार्यदल गठन भएको थियो । कार्यदलले प्रदेशगत रुपमा यात्रु र सवारीको संख्या समेतको अध्ययन गरी आवश्यक सवारीको संख्या सहितको प्रतिवेदन दिन समय लाग्ने भएकाले असार मसान्तसम्म प्रारम्भिक प्रतिवेदन दिने तयारी गरेको संयोजक शर्माले जानकारी दिए ।
साउन १ गतेदेखि सामाजिक संस्थाका रुपमा दर्ता भएका यातायात समिति नवीकरण नगर्ने निर्णय वैशाख ४ गतेको मन्त्रिपरिषद्ले गरेको थियो । साउन १ गतेपछि कम्पनीमा दर्ता भएका सवारी मात्र गुड्न पाउनेछन् ।
समितिमा पूर्वसचिव शरच्चन्द्र पौडेल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, यातायात व्यवस्था विभागका महानिर्देशक, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षलगायत सदस्य छन् ।
समितिको प्रतिवेदन आई कार्यान्वयनको चरणमा गएपछि यातायात क्षेत्रमा रहेको एकाधिकार अन्त्य हुने विश्वास गरिएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता