काठमाडौँ-सार्वजनिक यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलले साउन अगावै प्रारम्भिक प्रतिवेदन पेश गर्ने भएको छ ।
मन्त्री रघुवीर महासेठले जेठ १८ गते मन्त्रिस्तरीय निर्णय गरेर मन्त्रालयका सहसचिव केशवकुमार शर्माको संयोजकत्वमा कार्यदल गठन भएको थियो । कार्यदलले प्रदेशगत रुपमा यात्रु र सवारीको संख्या समेतको अध्ययन गरी आवश्यक सवारीको संख्या सहितको प्रतिवेदन दिन समय लाग्ने भएकाले असार मसान्तसम्म प्रारम्भिक प्रतिवेदन दिने तयारी गरेको संयोजक शर्माले जानकारी दिए ।
साउन १ गतेदेखि सामाजिक संस्थाका रुपमा दर्ता भएका यातायात समिति नवीकरण नगर्ने निर्णय वैशाख ४ गतेको मन्त्रिपरिषद्ले गरेको थियो । साउन १ गतेपछि कम्पनीमा दर्ता भएका सवारी मात्र गुड्न पाउनेछन् ।
समितिमा पूर्वसचिव शरच्चन्द्र पौडेल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, यातायात व्यवस्था विभागका महानिर्देशक, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षलगायत सदस्य छन् ।
समितिको प्रतिवेदन आई कार्यान्वयनको चरणमा गएपछि यातायात क्षेत्रमा रहेको एकाधिकार अन्त्य हुने विश्वास गरिएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित