काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीको उपचारका लागि काठमाडौँबाट चिकित्सक टोली जुम्ला पठाएको छ । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रा डा केसीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिँदै बिहीबार साँझ चिकित्सकलाई त्यसतर्फ पठाएका हुन् ।
टोलीमा डा जीवन थापा र डा सुवास सुवेदीसहितका चिकित्सक छन् । टोलीले नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालबाट थप चिकित्सकको टोली लिएर जुम्ला पुग्ने स्वास्थ्यमन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए । चिकित्सा शिक्षा सुधारको माग गर्दै प्रा डा केसी जुम्लामा १५ औँ अनशनमा हुन् । उनको स्वास्थ्यास्था गम्भीर भएपछि जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताइएको छ ।
चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत प्रा डा केसीको समर्थनमा आन्दोलनमा उत्रिएका कर्णाली प्रदेशका स्वास्थ्यकर्मीलाई तत्काल काममा फर्किन पनि मन्त्री यादवले आग्रह गरेका छन् । चिकित्सा क्षेत्र सुधारको विषय स्वास्थ्य मन्त्रालयसँग मात्र नजोडिएको भन्दै उनले शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग निरन्तर छलफल भइरहेको र चाँडै सरकारले उपयुक्त निर्णय लिने जानकारी दिए ।
चिकित्सक संघद्वारा आन्दोलन
नेपाल चिकित्सक संघले प्रा डा गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै चारबुँदे विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
संघका महासचिव डा लोचन कार्कीले केसीका जायज मागप्रति ऐक्यबद्धता जनाउँर्दै आजदेखि देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले कालोपट्टी बाँधेर सेवा दिएको बताए ।
संघले प्रा डा केसीको स्वास्थ्यस्थिति बुझी प्रतिवेदन पेश गर्न संघका वरिष्ठ उपाध्यक्ष डा ढुण्डीराज पौडेलको संयोजकत्वमा सहकोषाध्यक्ष डा प्रकाश बुढाथोकीलाई अनशनस्थल जुम्ला पठाउने निर्णय गरेको छ ।
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा नेपाल सरकारको निगरानीः विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन