विराटनगर-नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले संघीयताले मुलुकलाई बलियो बनाउने भएकाले सबै क्षेत्रमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । ‘आर्थिक विकासको मूल आधार, सहअस्तित्व उद्योग र व्यापार’ प्रमुख नाराका साथ उद्योग संगठन मोरङद्वारा आज यहाँ आयोजित पदस्थापन समारोहको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
पूर्वप्रधानमन्त्री नेपालले मेहनत गर्दा नहुने कुरा केही छैन भन्दै नेपाली संस्कारलाई जीवन्त राख्न असल संस्कारको विकास हुनुपर्ने कुरामा जोड दिए । उनले सबै क्षेत्रमा कुशल नेतृत्वको आवश्यकता रहेको प्रसंग उल्लेख गर्दै कुशल नेतृत्वविना मुलुकको विकास गर्न सम्भव नभएको बताए ।
भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न पनि दिन्न भन्ने संकल्प लिने बेला आइसकेको बताउँदै वरिष्ठ नेता नेपालले बेथितिलाई हटाउन सबै एकजुट भएर लाग्नुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आन्तरिक खपत र निर्यात बढाउने उद्योगको विकास गर्न उद्योगीलाई आग्रह गरे ।
उनले श्रमिकमैत्री उद्योगी भावनाबाट आएर सरकारले उद्योगीलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उद्योग व्यवसायीको समस्या समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध छ भन्दै मन्त्री पण्डितले विराटनगर महानगरपालिकाको चौतर्फी विकास गर्न थप बजेट विनियोजन हुने विश्वास दिलाए ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्यमशीलता र रोजगारी सिर्जना गरेर मात्र समृद्ध नेपाल र सुखी नेपाली बनाउन सकिने भएकाले यसतर्फ सबैको ध्यान जानु जरुरी रहेको बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रशस्त रोजगार प्रदान गर्ने विराटनगर जुट मिलजस्ता अन्य बन्द उद्योग सञ्चालन हुनुपर्नेमा जोड दिए ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष चण्डिराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुशील धनावतलगायतले संगठनका नवनिर्वाचित पदाधिकारीको कार्यकालको सफलताको शुभकामना दिएका थिए ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा