
काठमाडौँको वीर अस्पतालमा छोराको हत्यामा संलग्नलाई कारबाहीको माग राखी अनसनमा बसेकी गंगामाया अधिकारी ।
काठमाडौँ, २१ असार – राष्ट्रिय मानवअधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याका दोषीलाई कारवाहीको माग गर्दै अनशनरत गंगामायाको जीवन रक्षाका लागि अविलम्ब आवश्यक पहल गर्न सरकार र न्यायसम्बद्ध सबै पक्षलाई विशेष आग्रह गरेको छ ।
आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा न्याय प्राप्तिजस्तो आधारभूत अधिकार प्राप्तिका लागि लामो समयदेखि वीर अस्पतालमा अनशनरत गंगामायाको स्वास्थ्य अवस्था गम्भीर एवं जटिल बन्दै गएको अवस्थाप्रति ध्यानमा राख्न तत्काल आवश्यक पहल गर्न भनिएको छ ।
कृष्णप्रसादको हत्या सम्बन्धमा सर्वोच्च अदालतबाट भएको आदेशको कार्यान्वयन गर्न आयोगले सरकारलाई पत्राचार एवं सिफारिश गर्नाका साथै सरकारका जिम्मेवार पदाधिकारीसँग पटक पटक छलफल गरी ध्यानाकर्षण गराउँदा समेत यस्तो संवेदनशील विषय कार्यान्वयनको प्राथमिकतामा नपर्नु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित