काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले पार्टीको नियमावलीमा प्राप्त सुझाव समेटेर अन्तिम रुप दिने जिम्मेवारी सचिवालयलाई दिएको छ ।
पार्टी एकतापछि बिहीबार बसेको स्थायी कमिटी दोस्रो बैठकमा पार्टी मातहत र जनसंगठनका कमिटी तथा पदाधिकारी संख्या र समावेशिताका बारेमा सुझाव प्राप्त भएको र त्यसलाई ध्यान दिएर सचिवालय बैठकले टुङ्गो लगाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी कमिटी ४५ सदस्यीय छ ।
उनले सचिवालयको बैठक छिट्टै बस्ने बताउँदै नियमावली पारित भएपछि मातहतको संगठनबीच एकता कार्य हुने जानकारी दिए । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो । एकता घोषणामा तीन महिनाभित्र सबै जिल्ला र जनसंगठन र मातहतका कमिटीको एकता गरिने जनाइएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता सम्मिलित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले समसामयिक राजनीतिक स्थिति तथा आफ्नो हालैको चीन भ्रमणका उपलब्धिबारे अवगत गराएका थिए ।
प्रधानमन्त्री ओलीले चीन र भारत भ्रमणबाट ती मुलुकसँग नेपालको स्वतन्त्र परराष्ट्र नीतिका आधारमा राम्रो र प्रभावकारी सम्बन्ध विकास भएको तथा आपसी हितमा सम्झौता भएको बताएका थिए ।
तीनै तहका सरकारको समग्र समीक्षा गरी कामलाई प्रभावकारी बनाउने बारेमा स्थायी कमिटीको अलग्गै बैठकसमेत तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ