काठमाडौँ- केन्द्रीय पञ्जीकरण विभागले २०३४ सालदेखिका जन्म, मृत्यु, बसाइँ–सराइ, विवाह र सम्बन्धविच्छेदका घटना अनलाइनमा राख्न थालेको छ । विभागले दर्ता भएका ती घटना व्यवस्थित, पारदर्शी एवं प्रभावकारी बनाउन अनलाइनमा राख्न थालेको हो।
विभागका सूचना प्रविधि शाखाका इन्जिनियर सञ्जीव पौडेलले हालसम्म पाँच लाख ५४ हजार ९९२ जनाको घटना अनलाइनमा राखिएको बताए ।
उनका अनुसार तीन लाख २४ हजार ८६१ हजार जन्मदर्ता, ६१ हजार २६५ बसाइँ–सराइ, एक लाख १२ हजार ६५९ विवाह दर्ता, एक हजार ९४८ सम्बन्धविच्छेद र ५४ हजार २९५ मृत्युका घटना अनलाइनमा दर्ता गरिएको छ । “व्यक्तिको घटना दर्तालाई अनलाइनमा राखी कागजविहीन बनाउने योजनाका साथ अहिले अनलाइन दर्ता गरिरहेका छौं”, उनले भने, “अनलाइनमा भएका कुनै व्यक्तिको विवरण खोज्दा सजिलै प्राप्त गर्न पुराना ढड्डा पल्टाउन पर्दैन ।”
सात सय ५३ स्थानीय तहमा छ हजार ७४३ वडा कार्यालय रहेकामा अहिलेसम्म एक हजार ५८८ वडा कार्यालयले अनलाइनबाटै दर्ता गरिरहेका छन् । इन्जिनियर पौडेलले सबै वडा कार्यालयमा इन्टरनेटको पहुँच नपुगेकाले दर्ता प्रक्रिया सोचअनुसार हुन नसकेको बताए ।
यसैगरी सामाजिक सुरक्षा भत्ता वितरणलाई व्यवस्थित बनाउन व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरिएको छ । विभागले सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिको नामावली पनि अनलाइनमा राख्ने गरेको छ ।
“सम्बन्धित व्यक्तिले मात्र सामाजिक सुरक्षा पाउन् भन्नका लागि अनलाइनमा व्यक्तिको विवरण राख्न थालिएको हो”, विभागका सूचना अधिकारी खिलप्रसाद अधिकारीले भने, “सूचना प्रणालीमा दर्ता भएका व्यक्तिले मात्र सामाजिक सुरक्षा भत्ता पाउने भएकाले व्यक्तिको नाम नदोहोरिने र अर्काले नपाउने हुन्छ ।”
विभागले अहिलेसम्म २३ लाख १४ हजार ५५१ जनाको नामावली अनलाइनमा दर्ता गराएको छ ।
नेपालको राजधानीमा एमालेको प्रदर्शन
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
पोखरामा युरोपेली सङ्घ चलचित्र महोत्सव : बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित ६ लघुसहित २५ चलचित्र
टोकियो डोममा दोस्रो पटक नेपथ्य
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट