काठमाडौँ-प्रतिनिधिसभा बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ पारित गरेको छ । प्रतिनिधिसभाको सोमबारको तेस्रो बैठकमा उक्त विधेयक बहुमतले पारित भएको हो ।
विधयेकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले समृद्धि हासिल गर्न पूँजी परिचालन गर्नुपर्ने र त्यसका लागि राजश्व उठाउनाका साथै वैदेशिक ऋण लिनुपरेको स्पष्ट पारेका थिए । डा खतिवडाले बजेटमा लिइएको आन्तरिक ऋण राज्यका दायित्व निर्वाह गर्न खर्च गरिने बताउँदै ऋणको ब्याज बोलकबोलका आधारमा लिइने स्पष्ट पारे ।
नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले विधेयकमाथिको छलफलमा भाग लिँदै आन्तरिक ऋणको उचित व्यवस्थापन नभए अर्थतन्त्रमा नकारात्मक र दूरगामी प्रभाव पर्नेछ भन्दै गत आवको जति मात्र आन्तरिक ऋण उठाउन सुझाए । छलफलमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले बजेटमा लिइने ऋणको ब्याजदरका बारेमा प्रश्न गरेका थिए ।
बैठकले ‘ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक, २०७५’ विधेयक पनि बहुमतले पारित गरेको छ । बैठकमा डा खतिवडाले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा विधेयकका सम्बन्धमा प्रेम सुवाल र दिव्यमणि राजभण्डारीले राखेको संशोधनको प्रस्ताव बहुमतले अस्विकृत गरेको थियो ।
शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक पारित
आजैको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, २०७५ सर्वसम्मतले पारित गरेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तामाङले शान्ति प्रक्रियाका केही काम अझै टुङ्ग्याउन बाँकी रहेकाले विधेयक ल्याउनुपरेको बताएका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही असार २० गते अपराह्न १ बजे बस्नेछ ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार