
लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूकेमा नयां नेतृत्व चयन भएको छ । १ जुलाई २०१८ का दिन एभरेष्ट इन रेस्टुरेन्ट लन्डनमा सम्पन्न सभाले सन् २०१८-२०२० का लागि शैलेन्द्र काजी श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको हो ।
समितिमा डा. बीरेन्द्र श्रेष्ठ, उमेश पराजुली, संयुक्त श्रेष्ठ, अक्षय चापागाईं क्रमशः उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष चयन भएका छन् । त्यसै गरि सदस्यहरुमा बेद भट्टराई, पूजा भगत, डा. बिदुर घिमिरे, पवन मान बज्राचार्य, रश्मी राना र सज्ञन खरेल निवार्चित भए ।
स्कटल्यान्ड, मिडल्यान्ड देखि लन्डन क्षेत्रका करिब ५० जना इन्जिनियरहरुको उपस्थितिमा सम्पन्न उक्त भेलामा निवर्तमान अध्यक्ष घनश्याम पौडेलले विगत दुई वर्षमा भएका उपलब्धिहरुको बारेमा प्रस्तुति दिएका थिए भने कोषाध्यक्ष विजय बज्राचार्यले सुधारसहितको आर्थिक प्रतिवेदन पेश गरे ।
निवर्तमान महासचिव शैलेन्द्र श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए यूकेका महासचिव राजकुमार त्रिपाठी, सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूके (सोने यूके) का सल्लाहकारहरु के. के. श्रेष्ठ, नवराज अधिकारी, राजेश पाठक लगायतले आगामी कार्यकालको शुभकामना दिएका थिए ।
नयां कार्यसमितिको बैठक छिट्टै बसी भावी कार्ययोजना तय गर्ने अनौपचारिक निर्णय भएको छ ।
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा