
लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूकेमा नयां नेतृत्व चयन भएको छ । १ जुलाई २०१८ का दिन एभरेष्ट इन रेस्टुरेन्ट लन्डनमा सम्पन्न सभाले सन् २०१८-२०२० का लागि शैलेन्द्र काजी श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको हो ।
समितिमा डा. बीरेन्द्र श्रेष्ठ, उमेश पराजुली, संयुक्त श्रेष्ठ, अक्षय चापागाईं क्रमशः उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष चयन भएका छन् । त्यसै गरि सदस्यहरुमा बेद भट्टराई, पूजा भगत, डा. बिदुर घिमिरे, पवन मान बज्राचार्य, रश्मी राना र सज्ञन खरेल निवार्चित भए ।
स्कटल्यान्ड, मिडल्यान्ड देखि लन्डन क्षेत्रका करिब ५० जना इन्जिनियरहरुको उपस्थितिमा सम्पन्न उक्त भेलामा निवर्तमान अध्यक्ष घनश्याम पौडेलले विगत दुई वर्षमा भएका उपलब्धिहरुको बारेमा प्रस्तुति दिएका थिए भने कोषाध्यक्ष विजय बज्राचार्यले सुधारसहितको आर्थिक प्रतिवेदन पेश गरे ।
निवर्तमान महासचिव शैलेन्द्र श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए यूकेका महासचिव राजकुमार त्रिपाठी, सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूके (सोने यूके) का सल्लाहकारहरु के. के. श्रेष्ठ, नवराज अधिकारी, राजेश पाठक लगायतले आगामी कार्यकालको शुभकामना दिएका थिए ।
नयां कार्यसमितिको बैठक छिट्टै बसी भावी कार्ययोजना तय गर्ने अनौपचारिक निर्णय भएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी