काठमाडौँ, १६ असार – मनसुन सक्रिय भएसँगै आगामी तीन दिनसम्म देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तीन दिनको मौसम पूर्वानुमानको अवस्थाबारे महाशाखाले विज्ञप्ति निकालेर आजदेखि तीन दिनसम्म पूर्व र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना औंल्याएको हो । मध्य र आसपासका केही स्थानमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ ।
मनसुनी न्यूनचापीय रेखा विस्तारै नेपाल नजिक आएकाले देशैभर वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अझै एक-दुई दिन पूर्व र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम खालको र केही खास (पकेट) क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता अउनाउनुपर्ने देखिएको छ । मनसुनी रेखा नेपालको नजिक (पूर्वी आकास हुँदै पश्चिमतर्फ फैलिएको अवस्थामा) रहेको र यो तल भरेपछि भारतका विभिन्न क्षेत्रमा बढी वर्षा हुने मौसमविद् कँडेलको भनाइ छ ।
यस वर्षको मनसुन यही असार १४ गतेदेखि देशैभरि फैलिएको महाशाखाले जनाएको थियो । गत जेठ २५ (जुन ८) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश भएको महाशाखाले घोषणा गरेको थियो । मनसुन घोषणा भएको लामो समय वितिसक्दा पनि पूर्ण रूपमा सक्रिय हुन नसक्दा पर्याप्त वर्षा हुनसकेको थिएन । मनसुनी वर्षाको गतिविधि बढेकाले दुई दिनयता काठमाडौँ उपत्यकासहित देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँमा चार मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी ओखलढुंगामा २४ मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा आठ, जुम्लामा आठ र वीरेन्द्रनगरमा तीन मिलिमिटर वर्षा भएको छ ।
बदली र वर्षाले उपत्यकाको तापक्रम दुई दिनको तुलनामा तीन डिग्री घटेर आज अधितकतम तापक्रम २७ मा झरेको छ भने न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ । यसअघि तीन दिनसम्म उपत्यकाको ३० देखि ३१ डिग्रीको हाराहारीमा अधिकतम तापक्रम पुगेको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा