काठमाडौँ- सरकारी संस्थामा चिकित्सा शास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त चिकित्सक परिचालन कार्यविधि, २०७२ संशोधन हुने भएको छ ।
सचिवस्तरीय निर्णयबाट आज चिकित्सा महाशाखा प्रमुख डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन गर्दै कार्यविधि संशोधन गरी मस्यौदा तयार गरेर मन्त्रालयमा बुझाउन निर्देशन दिएको छ ।
कार्यविधिमा छात्रवृत्तिमा विशेषज्ञता हासिल गरेका चिकित्सकले अनिवार्य रुपमा पाँच वर्ष सरकारी स्वास्थ्य संस्थामा सेवा गर्नुपर्ने प्रावधान राखिएपछि चिकित्सक संघ र छात्रवृत्तिमा अध्ययन गरिरहेका चिकित्सकको विरोधपछि मन्त्रालयले कार्यविधि संशोधन गर्न लागेको हो ।
मन्त्रालयका शाखा अधिकृत कृष्ण सुवेदी सदस्य सचिव रहेको समितिमा स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक डा विकास देवकोटा, छात्रवृत्ति शाखाका प्रमुख जीवनकुमार मल्ल, कानून उपसचिव गंगाबहादुर खरेल, शिक्षा मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, स्कलर रेसिडेन्टस सोसाइटी, नेपाल मेडिकल एशोसियसन र सरकारी चिकित्सक संघका प्रतिनिधि सदस्य रहनेछन् ।
निर्देशिकाको छात्रवृत्ति प्राप्त विशेषज्ञको चिकित्सक परिचालन समन्वय समितिमा रहेका पदाधिकारी पनि सो समितिमा रहने छन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने