काठमाडौँ, १४ असार – राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
राष्ट्रियसभाको आजको दोस्रो बैठकमा सांसद खिमलाल भट्टराईले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सांसद वृशेषचन्द्र लाल र अनिता देवकोटाले उक्त निलम्बन प्रस्तावको समर्थन गर्नुभएको थियो । बैठकले नियमावलीका नियम ९४, ९८, ९९ र १०६ निलम्बन गरेको हो ।
बैठकले आजै राष्ट्रियसभा अध्यक्षबाट सभाको कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने सदस्यहरुको नाम मनोनयन गरेको छ । त्यसैगरी सभाको तेस्रो बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले ‘बेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।
उहाँले द्वन्द्वकालीन घटनाका मुद्दा टुङ्ग्याउन बाँकी रहेको हुनाले सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय कानून र विस्तृत शान्ति सम्झौतानुसार नयाँ कानून आउने जानकारी दिनुभयो । मन्त्री तामाङले अब हामी द्वन्द्वमा होइन, राष्ट्र निर्माण समृद्धिको अभियानमा अघि बढौँ भन्ने आह्वान गर्नुभयो ।
उक्त प्रस्तावमाथिको छलफलमा सांसद चन्द्रप्रकाश पुरीले द्वन्द्वकालीन घटनाका काम सम्पन्न गर्न अझै बाँकी रहेकाले आयोगको म्याद थपका लागि ल्याइएको विधेयक औचित्यपूर्ण भएको बताउनुभयो । सांसद जीतेन्द्रनारायण देवले ऐन बनाउँदा अन्तर्राष्ट्रिय मापदण्डअनुरुप शान्ति प्रक्रिया टुङ्ग्याउनका लागि बाँकी कार्य समयमै सम्पन्न गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रियसभाको अर्को बैठक यही असार १७ गते अपराह्न १ बजे बस्नेछ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने