
काठमाडौँ, १४ असार – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जनवादी गणतन्त्रको चीनको छ दिवसीय भ्रमणमा बारेमा राष्ट्रिय सभालाई जानकारी गराउनुभएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री ज्ञवालीले चीन भ्रमणले दुई देशबीच पारवहन, बहुआयामिक सम्पर्क संजाल विस्तार, ऊर्जा पूर्वाधार विकास, रसुवा मितेरी पुल निर्माण, लगानी तथा उत्पादनको क्षेत्रमा नेपालमा लगानी बढाउने बारे भएका सम्झौताहरुले दीर्घकालीन आर्थिक सहयोगको खाका तयार गरेको जानकारी गराउनुभयो ।
प्रधानमन्त्री ओलीले यही असार ५ देखि १० गतेसम्म चीन भ्रमणका क्रममा महत्वपूर्ण सहमति, सम्झौताहरु र उच्चस्तरीय राजनीतिक भेटघाट गर्नु भएको उल्लेख गर्दै उहाँले चीन भ्रमणका क्रममा स्थल तथा हवाई सञ्जाल विस्तार, उत्तर दक्षिण जोड्ने सम्पर्क सञ्जाल निर्माण, कोशी, कर्णाली, गण्डकी आर्थिक करिडोर निर्माण गर्ने विषयमा महत्वपूर्ण सहमति भएको बताउनुभयो ।
भ्रमणबाट दुई देशबीचको सम्बन्ध विस्तारमा थप आयाम थपिएको र तेल र ग्यासको सम्भाव्य अध्ययन गर्ने, निर्यात योग्य नेपाली समान निर्यात गर्ने, प्राविधिक सहयोग उपलब्ध गराउने, सरकारी छात्रवृत्तिलाई बढाउनका लागि दुवै देश सहमत भएको मन्त्री ज्ञवालीले जानकारी गराउनुभयो ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लिखछ्याङलाई नेपाल भ्रमणका लागि निम्ता दिएको र समय मिलाएर छिट्टै उहाँहरुले नेपाल भ्रमण गर्ने विश्वास गरिएको मन्त्री ज्ञवालीले उल्लेख गर्नुभयो ।
चीन भ्रमण अत्यन्तै सकारात्मक भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले चीनले नेपाललाई आर्थिक समृद्धिमा सहयोग पुरयाउने तथा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को अभियान पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि चिनियाँ पक्षले गरेको जानकारी दिनुभयो ।
उहाँले प्रधानमन्त्री ओलीको भ्रमणका अवसरमा १४ बुँदे संयुक्त विज्ञप्ति जारी भएको जानकारी दिँदै १३ सरकारी स्तरमा र नौ वटा निजीस्तरमा गरी २२ वटा महत्वपूर्ण सहमति तथा सम्झौता भएको पनि स्पष्ट पार्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा