काठमाडौँ, १२ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले साप्ताहिक रुपमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद र पाक्षिक रुपमा नेकपाका कार्यकर्तासँग भेटघाट गर्नुहुने भएको छ ।
साप्ताहिक रुपमा हरेक शुक्रबार उहाँले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म सांसदसँग भेटघाट गर्ने उहाँका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले क्रमशः सातवटै प्रदेशबाट प्रतिनिधित्व गरेका सांसदलाई भेट गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
नेकपाका संसदीय दलका नेतासमेत रहनु भएका प्रधानमन्त्री ओलीले प्रत्येक महिनाको पहिलो दिन र १५ गते कार्यकतासँग पनि भेटघाट गर्नुहुनेछ ।
नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले महिनाको पहिलो दिन बिहान ११ देखि १ बजेसम्म धुम्बाराहीस्थित पार्टी कार्यालय र १५ गते पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोही समयमा कार्यकतासँग भेटघाट गर्ने प्रेस सल्लाहाकार अर्यालले जानकारी दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त