काठमाडौँ, १२ असार – ऐतिहासिक पुरातात्विक सम्पदा रानीपोखरी, काष्ठमण्डपलगायत क्षेत्रको पुनःनिर्माणसहित काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी रकम विनियोजन गरेको छ ।
विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनःनिर्माणमा ढिलाइ भइरहेका बेला कामपाले ती सम्पदाको पुनःनिर्माणसहित आर्थिक वर्ष २०७५-७६ का लागि बजेट विनियोजन गर्ने क्रममा बसैभन्दा बढी पूर्वाधार विकासका लागि रु तीन अर्ब छ करोड २५ लाख बजेट विनियोजन गरेको हो ।
यसअघि नै रानीपोखरीको पुनःनिर्माणको काम शुरु भए पनि आधुनिक निर्माण सामग्री प्रयोग भएको भन्दै विरोध आएपछि अहिले उक्त आधुनिक सामग्री हटाउने काम भइरहेको छ भने काष्ठमण्डपको पुनःनिर्माणका लागि क्षमा पूजा एक महिनाअघि नै सकिसकेको र अहिले निर्माणका सामग्री जुटाउने काम भइरहेको र अबको करीब दुई महिनामा निर्माण कार्य शुरु हुनेछ ।
कामपाका उपप्रमुख हरि प्रभा खड्की (श्रेष्ठ) ले कामपाको पूर्वाधार विकास नै सम्पूर्ण विकास प्रक्रियाको मुख्य बिन्दु भएकाले यस क्षेत्रमा अन्य क्षेत्रमा भन्दा धेरै बजेट विनियोजन गरिएको बताउनुभयो ।
पूर्वाधार विकासअन्तर्गत सम्पदा, सुविधासम्पन्न सडक व्यवस्थापन, ढल व्यवस्थापन, प्रदूषण नियन्त्रण र व्यवस्थित यातायातको सञ्चालन महानगरवासीको चाहनाअनुरुप यस क्षेत्रमा बढी बजेट विनियोजन गरिएको छ ।
यसैगरी दरबार हाइस्कुल पुनःनिर्माण, आधुनिक आकाशे पुल निर्माणका लागि पनि प्राथमिकता दिएको छ । कामपाले सबै क्षेत्रमा गरी कूल रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजार आय व्यय प्रस्ताव प्रस्तुत गरेको छ ।
महानगरले आन्तरिकतर्फ रु चार अर्ब ९० करोड २१ लाख ५७ हजार, बाह्य स्रोतबाट रु पाँच अर्ब १९ करोड र अन्य स्रोतबाट रु एक अर्ब चार करोड ११ लाख आय अनुमान गरेको छ ।
आगामी आवका लागि प्रस्तुत गरिएको बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि रु एक अर्ब ९३ करोड २५ लाख, शहरी विकासतर्फ रु सात करोड ८१ लाख, विपद् व्यवस्थापनतर्फ रु १६ करोड ७८ लाख, वातावरण व्यवस्थापनतर्फ रु ५४ करोड ४६ लाख छुट्याइएको छ ।
वातावरण र विपद् व्यवस्थापनमा जल उत्पन्न प्रकोप नियन्त्रण, जलवायु परिवर्तन, जलाधार क्षेत्रको संरक्षण, फोहरमैला व्यवस्थापन, ल्याण्डफिल साइट व्यवस्थापन, वन तथा भू–संरक्षण, वातावरण संरक्षण, वारुणयन्त्र सञ्चालन र विपद्सम्बन्धी कार्यलाई महानगरले अगाडि बढाउने उल्लेख गरेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला