
काठमाडौँका सिंहदरबार प्लाजामा अवस्थित नेपाल स्टक एक्सचेन्जको कार्यालय भवन । तस्बिर – नवीन पौडल, रासस
काठमाडौँ, ९ असार – धितोपत्र बजारमा यस साता रु एक अर्ब १२ करोड ३१ लाख बराबरको शेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल ४९ लाख ६१ हजार ११० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३४.७२ प्रतिशत कम हो । गत साता १८६ कम्पनीको ४८ लाख ६८ हजार ७० कित्ता शेयर रु एक अर्ब ७२ करोड पाँच लाख ६६ हजारमा बिक्री भएको थियो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १४.७७ अंकले घटेर अन्तिम दिन १२१८.४६ अंकमा पुगेको छ । यसैगरी, समूहगत परिसूचकको उतारचढाव यस प्रकार रहेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.९६ अंकले घटेर २५५.७५ अंकमा आइपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु सात करोड ३३ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । यस्तै, शेयर संख्याका आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख ६९ हजार कित्ता शेयर कारोबार भएको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित